जसपा जनयुद्धले उठाएका अग्रगामी परिवर्तनका एजेण्डाहरूको वैचारिक उत्तराधिकारी होः राजेन्द्र श्रेष्ठ
सिन्धुली । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय नेता राजेन्द्र प्रसाद श्रेष्ठले सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्तेमा २६ औँ जनयुद्ध दिवसकै दिन आयोजना गरिएको समाजवादी पार्टी र राष्ट्रिय जनता पाटीवीचको समायोजन कार्यक्रममा माओवादी जनयुद्ध लगायत मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतका आन्दोलनले उठाएका सङ्घीयता, समानुपातिकता र समावेशिता जस्ता अग्रगामी परिवर्तनका मुद्दाहरू अझै अधुरो रहेको बताए ।
पार्टीको कार्यकारिणी सदस्य रहेका नेता श्रेष्ठले महान जनयुद्धका सहीदहरूप्रति श्रद्धाञ्जली तथा वेपत्ता र घाइतेहरूप्रति सम्मान व्यक्त गर्दै त्यतिबेला उठाइएका जातीय मुक्ति र वर्गीय मुक्ति दुबै अधुरो रहेको बताए । उनले जनता समाजवादी पार्टी माओवादी जनयुद्धको बेला उठाएका अग्रगामी परिवर्तनका एजेण्डाहरूको सच्चा वैचारिक उत्तराधिकारी भएको बताए ।
मानिसले मानिसलाई गर्ने सबैखाले शोषण उत्पीडनबाट मुक्ति आवश्यक
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले देशमा स्थायी शान्तिका लागि मानिसले मानिसलाई गर्ने सबैखाले शोषण उत्पीडनबाट जनतालाई मुक्त गर्नुपर्ने बताउँदै धनीहरूका लागि जुनसुकै व्यवस्था भए पनि फरक नपर्ने तर गरिवका लागि समाजवाद नै आवश्यक भएको बताए । नेपालमा आफुलाई समाजवादी भन्ने नेपाली कांग्रेस मात्र होइन कम्युनिष्ट पार्टीहरूले पनि माक्र्स र लेनीनका जातीय मुक्तिसम्वन्धी विचार ग्रहण नगरेकाले सही रूपमा सङ्घीयता लागू गर्न नचाहेको बताए ।
समायोजन कार्यक्रममा श्रेष्ठले पार्टीको मार्गदर्शक सिद्धान्त सम्मुनत सङ्घीय समाजवादबारे बोल्दै नेपाल जस्तो बहुजातीय बहुभाषिक मुलुकमा समाजवादले वर्गीय समस्या हल गरे पनि जातीय समस्या हल नहुने भएकाले सङ्घीयतालाई पनि समाजवादसँग जोड्नु परेको बताए । आफ्नो पार्टीले वर्तमान प्रशासनिक सङ्घीयतालाई पहिचानसहितको सङ्घीयतामा रूपान्तरित गरी देशलाई समाजवादी लोकतान्त्रिक गणतन्त्रको दिशामा लान चाहेको बताए ।
श्रेष्ठले थारो भैँसी र विगुतीको प्रसंग किन उठाए ?
नेता श्रेष्ठले पटकपटकको संसद विघटनको घट्नाले देशमा राजनीतिक स्थिरता, शान्ति र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपती र पूर्ण समानुपातिक संसद हुनुपर्ने बताए । थारो भैसी र विगुतीको प्रसंग उठाउँदै उनले भने, ‘प्रतिगमनको जगमा हुने चुनावले सही ठाउँमा पु¥याउँदैन । थारो भैसी ब्याउँछ, बिगुती खाऊँला भन्नु र ओलीले चुनाव गराउँछ, जिताँैला भन्नु उस्तै कुरा हो । थारो भैँसी ब्याउँदैन ।’
पार्टी प्रवेश तथा गाउँपालिका समिति समायोजन
पार्टीका सङ्घीय परिषद सदस्य अरुण आलेले सञ्चालन तथा समाजवादी पार्टीका पूर्व अध्यक्ष ढाल बहादुर नेपाली ९कृष्ण०ले अध्यक्षता गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य द्वय दीर्घराज श्रेष्ठ र शंकर बसेलले पनि शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेस र नेकपा परित्याग गरी कृष्ण नेपाली, कैलाश भुजेल, खेटराज थापा९दीपक०, रमेश भण्डारी, नारायण प्रसाई, राम अच्छामी लगायत ३ दर्जनभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश गरेका थिए ।
जसपा सिन्धुलीका प्रचार विभाग प्रमुख दिपेश थापाका अनुसार कार्यक्रममा जनता समाजबादी पार्टी, नेपाल सुनकोशी गाउँपालिकाको २५ सदस्यीय समायोजित समिति घोषणा गरिएको छ । समितिको अध्यक्षमा ढालबहादुर नेपाली ९कृष्ण०, उपाध्यक्ष राजन वैद्य, सचिव कैलाश भुजेल, उपसचिब खेटराज थापा र कोषाध्यक्षमा चन्द्र बैजु चयन भएका छन । समाजबादी पार्टी र राजपाको सुनकोसी गाउँपालिका समायोजन कार्यक्रममा जसपा सङ्घीय परिषद सदस्य सीमा मगर लगायत सिन्धुलीका नेता कार्यकर्ताहरूको पनि सहभागिता थियो ।
ताजा
पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्यालीसहित निर्मल निवास लगिँदै
२०८२ फाल्गुन १ गते, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्यालीसहित निर्मल निवास लगिँदै
२०८२ फाल्गुन १ गते, शुक्रबार
राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त
२०८२ माघ २८ गते, बुधबार
मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस
२०८२ माघ २८ गते, बुधबार
चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री
२०८२ माघ २८ गते, बुधबार
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
२०८२ माघ २८ गते, बुधबारविमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न
२०८२ माघ २८ गते, बुधबार
आयुष मगरको ‘कान्छी’ सार्वजनिक (भिडियो)
२०८२ माघ २८ गते, बुधबार
मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह
२०८२ माघ २७ गते, मंगलवार
रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो
२०८२ माघ २७ गते, मंगलवार
कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै
२०८२ माघ २७ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





