निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न सक्दैनः श्रेष्ठ

२०७७ माघ १६ गते, शुक्रबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभएको छ । काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो भनाई सार्वजनिक गर्नुभएको हो ।
‘सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकीर गर्दै अब मुलुक चुनावमय भैसकेको उहाको धारणा थियो ।
उहाले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दापनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउदै अधिकांस आयोजना यही सरकारले पुरा गरेको बताउनुभयो ।
तपाईहरु हेर्नुस रानीपोखरी बन्यो, धरहरा बन्दैछ, देशका दुई ठुला अन्तराष्ट्रिय विमानस्थल तयार भए ,पाइपलाइनबाट तेल आउन थालिसक्यो , रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ , ठाउँ ठाउमा सुरुङमार्ग निर्माण भैरहेका छन भन्नुस त यो काम कस्ले ग¥यो ? सबै यही सरकारको प्रगति हो ।
उहाले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहो¥याउनुभयो ।
उहाले देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्य आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गर्दै उहाले भन्नुभयो–मैले गरेको विकास मेरो पार्टीको लागि मात्रै होइन, सबै जनता सबै पार्टी र मेरो निर्वाचन क्षेत्रको लागि हो ।
उहाँले करिब साढे २ वर्षको अवधीमा आफुले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराउनुभयो ।
काठमाडौ निर्वाचन क्षेत्र–९का संघीय सांसद श्रेष्ठले भन्नुभयो–मेरो निर्वाचन क्षेत्रमा सर्वमान्य नेता गणेशमान, मदन भण्डारीको नाममा पार्क निर्माण भैसकेका छन्, जापान सरकारको सहयोगमा ५० वटा साकुराको बिरुवा ल्याएर खाइके–साकुरा पार्क निर्माण भैसकेको छ , किर्तिपुर–नैकाप जोड्ने पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
हरेक स्थानमबा बाटो पुगेको छ । दहचोकमा कालुपाण्डेको समाधीस्थलमा पार्क निर्माण भैसकेको छ –मेरो क्षेत्रको जनताको सहयोगमा सबै विकास निर्माणको काम सम्पन्न भएको हो–उहाले भन्नुभयो ।
उहाले केही महिनाभित्र भीमढुंगा र रामकोट जोडिने झोलुङगे पुल निर्माण अघि बढेको जानकारी गराउनुभयो । गतसाता मन्त्री श्रेष्ठ सहितको प्राविधिक टोली झोलुङगे पुल निर्माण स्थलको अवलोकन गरेको थियो ।
आज आयोजित कार्यत्रममा मन्त्री श्रेष्ठ, काठमाडौ–९का प्रदेश सांसद डा अजयक्रान्ति शाक्यले खानेपानी परियोजनाको शिलान्यास गर्नुभएको थियो । मन्त्री श्रेष्ठले स्थानीय जनताको घरको धारा खोलेर खानेपानीको शुरुवात गर्नुभएको थियो । मन्त्री श्रेष्ठले स्थानीयवासीको माग अनुसार खानेपानी परियोजना सञ्चालन हुदा आफुलाई खुसी लागेको बताउनुभयो । भन्नुभयो–यो खानेपानीको धारा सबैको लागि हुन्छ, अर्किड कोलोनीका जनताले समेतउपभोग गर्न पाउनेछन ।
कार्यक्रममा सांसद शाक्यले सबैको सहयोगको कारण महत्वाकांक्षी परियोजना सफल भएको बताउनुभयो । भन्नुभयो–यो कुनै दलले मात्र नभएर सबैको सहयोगको कारण खानेपानी परियोजना सफल भएको हो ,यस्मा सबै जनताको साथ र सहयोग छ ।
उहाले योजना बैकमा जम्म भएका योजना मार्फत थप योजना तय गर्न सबैलाई आग्रह गर्नुभएको थियो । उहाले सडक , ढल निर्माण, सडक बत्ती र सौन्दर्यीकरणनै अबको प्राथमिकता भएको बताउनुभयो ।
कार्यक्रममा खड्कागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्रीहरी खड्काले संघीय स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख, प्रदेश साझदारी कार्यक्रम अन्तर्गत १ करोड ५० लाख, जनस्तरबाट १ करोड २५ लाख र काठमाडौ महानगरपालिकाको १० लाख रुपिया लागतमा परियोजना सम्पन्न भएको जानकारी गराउनुभयो ।
सो परियोजना सम्पन्न हुन करिब ५० लाख लाग्ने समितिका अध्यक्ष खड्काले जानकारी गराउनुभयो । परियोजना अन्तर्गत हाल ८ सय ९० घरधुरीमा खानेपानी वितरण भैसकेको छ । समितिका सचिव अमिर खड्काले सबै वडावासीको सहयोगमा परियोजना सफल भएको बताउनुभयो ।
उहाले यो क्षेत्रको विकासमा मन्त्री श्रेष्ठ र प्रदेश सांसद शाक्यकोे महत्वपुर्ण योगदान रहेको बताउनुभयो । शिक्षा, स्वाथ्य र खानेपानी र भौतिक पुर्वाधार विकास गर्न संघ, प्रदेश र महानगरपालिकाले गरेको कामको स्थानीयवासीले खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका नेता कुवेर खड्काले परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो । उहाले भन्नुभयो–सांसद ज्युलाई धन्यवाद छ हामीले पानी खान पायौ ।

183 Views

ताजा

गाउँको अवस्था जे छ त्यही भनिदिन कांग्रेस उम्मेदवार दवाडीको आग्रह

२०८२ माघ २० गते, मंगलवार

गाउँको अवस्था जे छ त्यही भनिदिन कांग्रेस उम्मेदवार दवाडीको आग्रह

२०८२ माघ २० गते, मंगलवार

काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न

२०८२ माघ २० गते, मंगलवार

पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न

२०८२ माघ २० गते, मंगलवार

देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल

२०८२ माघ २० गते, मंगलवार

गाली होइन आलोचना लोकतन्त्रको आत्मा हो

२०८२ माघ २० गते, मंगलवार

उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

२०८२ माघ २० गते, मंगलवार

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा

२०८२ माघ २० गते, मंगलवार

निर्वाचन आउन ३० दिन बाँकीः ७६ जनाको नाम हटयो

२०८२ माघ २० गते, मंगलवार

जापानमा राष्ट्रपति पौडेल

२०८२ माघ १९ गते, सोमबार

पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने  

२०८२ माघ १९ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal