हाम्रो विचारमा राजनीति भन्नु नै देशको सेवाको उच्चतम साधनः पूर्वराजा शाह

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । २२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले यसको औचित्य हिजो, आज र भविष्यमा पनि रहने जनाएका हुन् ।

उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरी संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको समेत प्रस्ट पारेका छन् । पूर्वराजा शाहले शाहवंशीय राजाहरुले राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी दर्शाएको स्मरण गर्दै आफुहरुको निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको बताएका छन् ।

शुभकामना सन्देशमा शाहले भनेका छन्ः ‘हाम्रो विचारमा राजनीति भन्नु नै देशको सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रीत छ, कति जनहित अनुकूल छ, त्यसको समीक्षा हुन अब बिलम्ब भैसकेको छ ।’ उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया ईच्छा पुरा गर्ने अवान्छित क्रियाकलाप भित्रिएको महसुस नेपालीहरुले गरिरहेको समेत बताएका छन् ।
पूर्वराजा शाहले बडामहाराजधिराज पृथ्वीनारायण शाहका पालामा परिकल्पनामा सिमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट सम्भव नभएको दाबी गर्दै अहिले त्यही देश कसरी जोगाउने भन्ने चिन्ताग्रस्त अवस्थामा आइपुगिएको दाबी गरेका छन् । उनले पृथ्वीनारायण शाहको २२९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा प्रेम, सदभाव र एकताका निम्ति शुभकामना व्यक्त गरेका छन् ।

201 Views

ताजा

निर्वाचनमा आचारसंहिता पालना जरुरी

२०८२ माघ १५ गते, बिहीबार

निर्वाचनमा आचारसंहिता पालना जरुरी

२०८२ माघ १५ गते, बिहीबार

खगेन्द्र सुनारलाई तीन वर्ष कैदको माग

२०८२ माघ १५ गते, बिहीबार

निर्वाचन आउन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

२०८२ माघ १५ गते, बिहीबार

भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन

२०८२ माघ १३ गते, मंगलवार

पक्राउ परे युवराज सफल

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा

२०८२ माघ १३ गते, मंगलवार

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

२०८२ माघ १३ गते, मंगलवार

‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने

२०८२ माघ १३ गते, मंगलवार

अभिनेता विजय बराल अब नयाँ भूमिका

२०८२ माघ १३ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal