ओेलीको अडान आफ्ना लागि कि देशका लागि ?

२०७७ मंसिर १९ गते, शुक्रबार

गंगा बराल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा केपी शर्मा ओली प्रधानमन्त्री भएर सरकार चलाएको ३३ महिना पुगेको छ । प्रधानमन्त्री कति सफल वा असफल भए भन्ने कुरा वर्तमानले मूल्यांकन गरेकै छ । सरकार बन्दा मानिसमा जुन उत्साह र उमंग छ त्यो भने अहिले हराएको छ ।
ओलीले दोस्रो कार्यकालको लागि सत्तारोहण गरिरहँदा मानिसले उनलाई पत्याउनुको एउटै कारण थियो, उनका राष्ट्रवादको नाममा गरिएका भाषण । पटकपटक अस्थिर सरकार हुँदा विकास र प्रगति हुन नसकेको, जनताले प्रतक्ष्य लाभ लिन नसकेको, सरकार बनाउने र ढाल्नमै समय बितेकाले पनि काम गर्न सकिएन भनेर नेकपाले भ्रम फैलाएको थियो । होला नि त भनेर जनताले निकै सानदार बहुमत दिए जुन नेकपाको लागि पनि अकल्पनीय रहयो । जनताले दिएको मतको सम्मान गर्न त परै जाओस् नेकपाले त्यसलाई बचाएर आफ्नो अस्तित्व राख्न पनि सकेन । ओलीले पहिलोपटक सरकार चलाउँदा भारतले गरेको नाकाबन्दीको विरोधमा बोलेको कुराचाँहि प्रसंशायोग्य नै छ । देखावटी वा भित्री रुपमा भारतको विरोध गरे त्यो फेरि पनि वहसको विषय बन्न सक्ला तर नाकाबन्दी गर्नु हुँदैन भनेर लिएको अडान भनें इतिहासमा जुनीजुनीसम्म सेतो अक्षरले लेखिने छ ।
सरकारले जनजीविकाको पक्षमा आवाज उठाउन नसकेपछि आलोचना खेप्दै आएको छ । हिजो बनेका कुनै पनि सरकार जनताको पक्षमा भएनन्, देश र जनताको नाममात्र बेचेर शासन गरे त्यसैले विकास र प्रगति सम्भव भएन त्यो त मान्न सकिन्छ तर अहिले भने ओलीले सधैं देश र जनताको नारा लाएर जनताको भावनामाथि खेलवाड गरेको विषय चानचुने होइन । उनीसँग कसैले केही आशा गरेको पनि थिएन र कसैले केही मागेका पनि थिएनन् तर उनले नै म सरकारमा आएपछि रातारात चमात्कार हुन्छ, जनताले बसीबसी खान पाउँछन्, कसैले दुःख गर्नु पर्दैन भनेपछि जनताले पत्याउनु पनि स्वभाविकै थियो । बोली र व्यवहारमा फरक भएकाले प्रधानमन्त्री ओलीले अहिलेसम्म पाएको ईज्जत पनि घटाउँदै लगेका छन् । सरकार कसले चलाएको छ, को प्रधानमन्त्री र मन्त्री भन्ने कुरा जनताको चासोको विषय होइन, सरकारबाट हामीले के पायौं भन्ने कुरामात्र हाम्रो चासोको विषय हो । तत्कालीन एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीचको एकता भएर नेकपा बने पनि यसले जनताको जीवनमा तात्विक रुपमा भिन्न महसुश गर्ने वातावरण सिर्जना भएको छैन ।
प्रधानमन्त्री ओली भनें आफूलाई पार्टीभित्रैबाट असहयोग भएको, आफूले गरेको राम्रो काम पचाउन नसकेर सधैं विरोधमात्र गरेको भनेर पार्टीभित्रकै अर्को पक्षलाई गाली गरेर रमाइलो मान्ने अवस्थामा पुगेका छन् । तर ओलीले आफ्नो सचिवालयमा कस्ता मान्छे राखेको छु र उनीहरुले आफूलाई के सल्लाह दिएर कस्तो बाटोतिर लाँदैछन् भन्ने कहिल्यै पनि सोच्नसमेत सकेनन् । एउटै व्यक्तिलाई पटकपटक सचिवालयमा अवसर दिएर गलत धन्दा गर्न लगाउने र त्यसबाट नाजायज फाइदा लिनका लागि उनले नै सजिलो बनाइदिएका छन् । सचिवालयकाले ओलीलाई उचालेर आगोमा विस्कुट फुले झैं फुलाइदिएका छन् यो नै ओलीको पतनको मुख्य कारक तत्व हो । सरकारले र प्रधानमन्त्रीले गरेका गलत र राष्ट्रघाती कामलाई पनि यसले विकास निर्माणमा महत्वपूर्ण टेवा पुग्छ भनेर अन्धभक्त भएर उचाल्नेहरु नै ओलीको राजनीति सिध्याउने कुतत्व हुन् । जनतासँग प्रतक्ष्य सम्पर्क नभएकाले जनताको अहिलेको चाहना के हो भन्ने उनले बुझ्न त परै जाओस् सम्झिने समेत फुर्सद पाएका छैनन् ।
हिजो निर्वाचनमा जाँदा जनतालाई के आश्वासन दिएका थियौं र त्यो कति पूरा गर्न सक्यौं वा सकेनौं खोजी गर्ने बेला हो यो । पार्टी र सरकार एक्लै चलाउँछु भनेर लागेपछि पार्टीभित्र विरोध हुनु स्वभाविक पनि हो । पार्टी एकता हुँदा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका थिए । प्रचण्डले सरकारको नेतृत्व गर्ने बेला आएपछि पार्टीभित्र अनेक विभाजन र द्धन्द्धका संकेत देखा परे जसले गर्दा प्रचण्डले मलाई प्रधानमन्त्री चाहिँदैन बरु पार्टी हाँक्न दिन्ु भनेर ओलीलाई भन्ने अवस्था आयो । २०७६ सालको मंसिर ४ गते प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मा पाए र ओलीलाई नै पूरै कार्यकाल सरकार चलाउने जिम्मेवारी आयो तर पनि ओलीले यसलाई फाइदाका रुपमा प्रयोग गर्न सकेनन् ।
पार्टीमा पद भए पनि भूमिका नपाएका प्रचण्डलाई जसरी भए पनि ओलीले कमजोर बनाउने खेल खेलिरहे । हुन त प्रचण्डलाई अध्यक्ष नामको उपाध्यक्ष पनि नभनिने गरेको होइन । सरकार सञ्चालनमा प्रचण्डको खासै भूमिका पनि छैन, मन्त्रिमण्डल पुनर्गठन र अरु केहीमा सामान्य रुपले ओलीले सोधे पनि उनले कसैलाई मतलव नगरी जाने भएकाले अरुले पनि सरकार राम्रो होला र होस् भनेर सोचेका छैनन् । कसैले पनि दिएको सल्लाह नमानेर आफैं अराजक ढंगले चल्दै आएपछि पार्टीका ओलीइतरका प्रमुख नेता पनि ओलीलाई नै अझै सरकार चलाउन दिएर पूरै बदनाम गराउने रणनीतिमा छन् । पार्टी एउटा निश्चित सिद्धान्त र पद्धतिले चल्ने भए पनि त्यसलाई वेवास्ता गर्दै व्यक्तिको महत्वाकांक्षा र गलत सोच हावी भएपछि पक्कै पनि संकट निम्तिनु स्वभाविक नै हो । ओलीले आफूभन्दा पहिले नै प्रधानमन्त्री भएका प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसँग समन्वय गरेर जाने हो सबैको बुद्धि मिसाउँदा पक्कै पनि राम्रो नतिजा दिन सकिन्थ्यो तर ‘आइएम् वान्ली वान् सिंगल डन’ भनेको परिणामले अहिलेको यो अवस्था सिर्जना भएको हो ।
पार्टीमा गत वैशाखदेखि आन्तरिक विवाद बढ्दै गएको हो । ओलीविरुद्ध अर्को पक्ष लागे पनि उसको कमजोर प्रस्तुतिले ओलीलाई झन् मजबुत बनाएको छ । एकातिर बाहिर विरोध गरेजस्तो गर्ने भित्र गएपछि ओलीसँग नै सम्झौता गर्ने पार्टीभित्र एउटा समूह नै छ । अर्कोतिर विरोधको प्रमुख नेतृत्व गरिरहेका प्रचण्ड र नेपाल पनि एकमत भएर कडा संघर्षमा उत्रन सकेका छैनन् । उनीहरुको कमजोर बल भएको हुनाले ओलीले पनि आफूलाई जिस्क्याएजस्तो मात्र ठान्दै आएका छन् । कहिले प्रचण्डलाई ‘अब सँगै जान सकिँदैन’ भन्न कहिले के के भनेर अप्ठ्यारोमा पार्ने ओलीको खेल पनि सफल हुँदै आएको छ । पार्टीमा विवाद बढ्दै गएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पटकपटक मिलाइदिँदै आएकी छिन् । नेताहरु जतिपटक वार्तामा बसे पनि समाधान हुँदैन तर यान्छीले भनें अलग अलग भेट गरेपछि भनें विवाद मिल्छ यसको अर्थ नेताहरु कसको इशारामा चलेका छन् र उनीहरु नेपाल र नेपाली जनताको पक्षमा काम गर्छन् कि अरुकै पक्षमा भन्ने कुरा गम्भीर ढंगले सोच्नु जरुरी छ । कसैकसैले त यान्छीलाई ‘नेकपाकी कान्छी’ पनि भन्ने गरेका छन् ।
पार्टी संकटमा परेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी मिलाउन खेलेको कदमको पनि तिव्र आलोचना भएको छ । उनी पार्टीकी राष्ट्रपति नभएर देशको भएकाले पार्टीभित्र प्रतक्ष्य रुपमा हस्तक्षेपकारी भूमिका खेल्नु अशोभनीय कदम हो । हुन त पार्टी तलमाथि भए राष्ट्रपतिको पद पनि धरापमा पर्ने निश्चित भएकाले आफ्नो पद जोगाउन यसो गरिनु स्वभाविक हो तर पार्टी नेतृजस्तो भएर पार्टीलाई आफ्नो कव्जामा लिन खोज्नुलाई पक्कै पनि लोकले राम्रो मानेको छैन । ओलीकै कृपाले दोस्रोपटक पनि राष्ट्रपति हुने मौका पाएकी राष्ट्रपति भण्डारीलाई नेकपाको भन्दा पनि ओलीको सरकार ढल्छ कि भन्ने पीरले बढी सताएको छ ।
पछिल्लो समयमा ओलीविरुद्ध प्रचण्डले अनेकन आरोप लगाएका छन् । प्रचण्डले ओलीबाट सरकार नचल्ने मात्र भनेनन्, भ्रष्ट, कलंकित, असक्षम र अन्य धेरै आरोप लगाए । ओलीले यसको जवाफ दिन आफू तयार भएको बताएका छन् । ओलीले आरोप प्रमाणित भए आफूले प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत छोडिदिने भन्दै आए पनि प्रचण्डले यसबारे थप आँट गरेका छैनन् । दुई कदम अगाडि बढेर एक कदम पछि हट्ने प्रचण्डको पुरानो बानी अहिले पनि प्रष्ट देख्न सकिन्छ । आरोप र प्रत्यारोपको श्रृंखला नेकपामा पुरानै रोग भएकाले पनि यसलाई धेरैले गम्भीर रुपमा लिएका छैनन् । आफूलाई अलिकति संकट आएपछि ओलीले त्यो विषयलाई अर्कातिर मोड्न सधैं अर्को विषयलाई बलियो गरी प्रस्तुत गर्ने गरेका छन् । पार्टी एकता भएर पनि वास्तविक रुपमा एकताको मर्म अनुरुप नचलेको भन्दै नेता तथा कार्यकर्ताले भन्दै आए पनि शासन र सरकारमा बसेकाले भनें यसलाई गम्भीर रुपमा लिएका छैनन् । एकताको कारण नै राज्यमा ढलीमली गर्न पाएकाहरुले एकता जनताको र देशको चाहना अनुसार भएको भन्न थालेका छन् ।
जुनसुकै पार्टी वा व्यक्ति पनि आफू कमजोर भएपछि नै अर्कोसँग मिल्ने हो । एकता भएपछि दुवैको हैसियत प्राय ः समान नै हुन्छ तर त्यसलाई वेवास्ता गर्दै त्यहाँबीचमा पनि ‘तँ ठूलो कि म ठूलो’ भन्यो भने विवाद आउनु अचम्मको कुरा होइन । तत्कालीन एमालेलाई पनि माओवादीको मत नआएको भए अहिले यो अवस्थामा आउने थिएन । हरेक ढंगले कमजोर बन्दै गएको माओवादीका लागि त एकता एउटा ‘कोसेढुंगा’ नै सावित भएको छ । संविधानसभाको पहिलो निर्वाचनमा माओवादीलाई मानिसले केही गर्ला कि भनेर मतदान गरेका थिए किनकि एमाले, कांग्रेस, राप्रपा र अन्य पार्टीले सरकार चलाएको हेरिसकेकाले मानिसले अर्को विकल्प खोजेका थिए । २०७० सालमा माओवादी सिला खोज्ने अवस्थामा पुग्यो, माओवादीलाई पनि जनताले अरु पुरानै पार्टीको रुपमा हेरे । राजनीतिका चतुर खेलाडी मानिएका प्रचण्डले एकता गरेर एकातिर आफ्नो राजनीतिक उचाई बढाए भने अर्कातिर अत्यन्तै कमजोर बनिसकेको माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा नै टिकाइरहन सफल भए ।
अवसर र राम्रो मौका हरेकलाई एक दुईचोटी मात्र आउँछ त्यसलाई ग्रहण गर्न नसके उसले जीवनभर पछुताउनुपर्छ । अहिले नेकपा र त्यसभन्दा माथि पनि ओलीलाई सुवर्ण अवसर आएको छ । उनले केही गरेर आफ्नो नाम राख्ने मौका हो तर सधैं ठूला र चर्का गफ गर्दै जनतालाई गाली गर्ने र राष्ट्रवादको खोक्रो नारा लगाएर त्यहीभित्र गुलियो खोज्दै मुख मिठ्याउने गलत प्रवृत्ति छ । देश जेसुकै होस्, म र मेरो प्रधानमन्त्रीको जागिरचाहिँ रहनुपर्छ भनेर जाने हो भने भोलि जनता र अन्तर्राष्ट्रियले पनि अवश्य मूल्यांकन गर्ने छन् ।
(लेखकः आलोचना साप्ताहिकका प्रकाशक एवं सम्पादक हुन्)

275 Views

ताजा

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

शेषकान्त फाउण्डेशनद्धारा धादिङका ४ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

२०७८ असार ३ गते, बिहीबार

रोनाल्डोको नया कीर्तिमान

२०७८ असार १ गते, मंगलवार

सुशान्तको यादमा रिया लेख्छिन्, ‘प्लिज, फर्केर आउ’

२०७८ असार १ गते, मंगलवार

सनीको फिल्म ‘गदर : एक प्रेम कथा’को सिक्वेल बन्ने

२०७८ असार १ गते, मंगलवार

फ्रान्सविरुद्ध जर्मनी : यी हुन् हेर्नलायक खेलाडी

२०७८ असार १ गते, मंगलवार

पोर्चुगल भर्सेज हंगेरी – यी हुन् हेर्नलायक खेलाडी

२०७८ असार १ गते, मंगलवार

अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने

२०७८ जेष्ठ २८ गते, शुक्रबार

हराएकी मायाको खोजी गरिदिन परिवारको आग्रह

२०७८ जेष्ठ २८ गते, शुक्रबार

यी लक्षणले बताउँछन् भिटामिन सीको कमी, आँखाको ज्योति जाने खतरा

२०७८ जेष्ठ २८ गते, शुक्रबार

लोकप्रिय

बुढाथोकी नेतृत्वको माओवादीद्वारा नागरिकता अध्यादेशको घोर विरोध

२०७८ जेष्ठ ११ गते, मंगलवार

प्रहरी निरीक्षक भोजराज पाण्डेयकोे विदाई गर्दा गाउँले चिन्तित

२०७८ जेष्ठ ९ गते, आईतवार

सहारा बिहिन को आमा….. रिमा

२०७८ बैशाख २५ गते, शनिबार

गैर आवासीय नेपाली संघ क्यालिफ़ोर्निया मा के.सी.

२०७८ बैशाख २३ गते, बिहीबार

समाजसेवि खड्का द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

२०७७ चैत्र १६ गते, सोमबार

विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

२०७७ माघ २१ गते, बुधबार

लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्नेः–प्रधानमन्त्री ओली

२०७७ माघ २० गते, मंगलवार

म्यानमार सैनिक ‘कू’ : सत्ता सेनाको हातमा, संकटकाल घोषणा

२०७७ माघ १९ गते, सोमबार

सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

२०७७ पुष १९ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal