Do Din Ki Zindagi Hai, Do Din Ka Mela | Neeraj Arya’s Kabir Cafe | GIFLIF

२०७७ असार १ गते, सोमबार

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले भारतले हडपेको भूमि फिर्ता नेपाल र नेपाली कर्तव्य भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्‍ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागी  हुँदै उनले यस्तो बताएका हुन्।  ‘अहिलेको अवसर प्राप्त गर्न हामीले धेरै आन्दोलन गर्नुपरेको थियो’, उनले भने, ‘लाठी खाइयो, थुनामा परियो, कालापानी क्षेत्र हाम्रो हो भन्दा गोदाइ खाइयो। त्यस्तो हुँदहुँदै आज हामी यहाँ आइपुग्यौँ।’ भारतले हडपेको भूमि हाम्रै हो भन्‍न पनि गणतन्त्र नै आउनुपरेको उनले दाबी गरे। ‘यति काम गर्नका लागि हामीलाई गणतन्त्र चाहिने अवस्था परेको रहेछ ।

गणतन्त्र नआइ यो काम भएन’, विडारीले भने, ‘जति धाक लाए पनि, जति लिपपोत गरे पनि, जति छोपे पनि गणतन्त्र नआइ, लोकतन्त्र नआइ हामीले यो काम गर्न सकेनौं।’ विडारीले कालापानी क्षेत्रबाट भारतीय सेनालाई हटाएर भूमि फिर्ता गराउने जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए।  ‘त्यहाँबाट भारतीय सेना फिर्ता गरेर सडक नेपालको स्वीकृतिबिना चल्न नदिने कर्तव्य हामीमा आइपुगेको छ’, उनले थपे। राजतन्त्र रहेकै बेला २०३२ सालमा चुच्चे नक्सा भाँचिएको आरोप उनले लगाए। ‘अहिलेको नेपालको निर्णयलाई भारतीय शासकको पैसामा बसेका बाहेक अरु कसैले विरोध गर्दैननन्’, उनले भने, ‘दक्षिण-उत्तर सबै सिमानामा बस्‍ने नेपालीलाई सलाम गर्नुपर्छ। त्यस क्षेत्रका बासिन्दाको हामीले इज्जत र सम्मान गर्नुपर्छ।’

सांसद विडारीले नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहमाथि कटाक्ष गरे। सिंहले केही दिनअघि ‌ओलीले भूमि फिर्ता लिए उनको बुट पोलिस गर्न तयार रहेको बताएका थिए। विडारीले भारतबाट पैसा बुझ्‍नेहरुले भूमि फिर्ता ल्याए ओलीको बुट पालिस गर्ने कुरा गरेको भन्दै आक्रोश पोखे। ‘केही केहीले भूमि फिर्ता लियो भने ओलीको बुट पोलिस गर्छु भने। अहिले मोदीको बुट पोलिस गर्दैछन्। फिर्ता अयाो भने ओलीको बुट पोलिस गर्छन्’, उनले भने, ‘म प्रधानमन्त्रीलाई आग्रह गर्छु, भूमि फिर्ता आएपछि त्यस्ता मान्छेलाई बुट पोलिसभन्दा सिमानामा पाले बनाएर राख्नुपर्छ।’

यसैबीच आइतवार बसेको बैठकमा राष्ट्रियसभा सदस्यहरुले नेपाली भूमि फिर्ता लिनका लागि बलियो राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन्। आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्‍ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले भूमि फिर्ता गर्न बलियो राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका हुन्।

661 Views

ताजा

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

रास्वपाका सन्तोष परियारले छाडे पार्टी

२०८२ कार्तिक २८ गते, शुक्रबार

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते, बिहीबार

डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ

२०८२ कार्तिक २७ गते, बिहीबार

शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल

२०८२ कार्तिक २७ गते, बिहीबार

चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता

२०८२ कार्तिक २७ गते, बिहीबार

निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर

२०८२ कार्तिक २७ गते, बिहीबार

केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत

२०८२ कार्तिक २७ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal