श्रेष्ठको ह्याप्पी बर्थ डे : ‘साथीलाई सानदार पार्टी हैन, गरीब विद्यार्थीलाई कापी र कलम’
गोरखा : पछिल्लो समय नेपालमा पश्चिमेली सँस्कृतीको प्रभाव बढ्दै गएको छ । अहिले प्राय नेपालीहरु असाध्यै खुसिको पल वा एकदमै महत्वपूर्ण दिन आफ्नो मन मिल्ने वा ‘स्पेशल’ मान्छेसँग ‘स्पेशल’ तरिकाले मनाउन चाहान्छन् ।
हरेक मानिसको लागि सबैभन्दा ठूलो र महत्वपूर्ण दिन भनेकै उस्को जन्म दिन (बर्थ डे) नै हो । आजभोलि बिशेषत युवा पुस्ता आफ्नो जन्म दिन (बर्थ डे) साथीहरुसँग महङ्गो होटलमा सानदार तरिकाले मनाउन चाहान्छन् । अझै भनौ भने साथिहरु सँग मादक पदार्थको नशामा झुमेर मनाउन चाहान्छन् ।
तर, गोरखा नगरपालिका वडा नम्बर ३ का सोम श्रेष्ठले भने आफ्नो जन्न दिनमा साथिहरुलाई सानदार पार्टी भन्दा गरिब विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्न बुद्धिमानि हुने सोचे । अनि, आइतबार बिहानै गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा रहेको लखन थापा माध्यामिक बिद्यालयमा झोला बोकेर पुगे ।
विद्यालयमा पुगेर शिक्षकहरुसँग कुराकानी गर्दै भने, ‘सर, आज मेरो २२ औँ जन्म दिन । म मेरो जन्म दिनमा यस बिद्यालयका केहि गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्न चाहान्छु । सहयोग गर्दिनु पर्याे ।’
शिक्षकहरु उनको कुरा सुनेर एकछिन दंग परे । त्यती बेला श्रेष्ठसँग सोहि वडाका वडाध्यक्ष शरण श्रेष्ठपनि साथमै थिए । बिद्यालयले पनि उनको प्रस्तावलाई स्वीकार गर्याे । त्यसपछि श्रेष्ठले पालैपालो विद्यालयका ५० जना विद्यार्थीहरुको हात हातमा कापी—कलम थमाईदिए ।
त्यसपछि उक्र बिद्यालयका सबै बिद्यार्थी र शिक्षकहरुले एकै स्वरमा तालि बनाउँदै भन्न थाले, ‘ह्यापी बर्थ डे टु यु ।’
‘आज मैले पहिलोपटक नयाँ तरिकाले जन्म दिन मनाएँ’ श्रेष्ठले भने, ‘साथीलाई सानदार पार्टी दिएर जन्म दिन मनाउनु भन्दा गरीब विद्यार्थीलाई कापी र कलम दिँदा खुसि र सन्तुष्टि मिल्दो रहेछ । म एकदमै खुसि छु ।’ उनले अरुलाई पनि आफ्नो जम्न दिन होस् या अरु कुनै कुराको उत्सव मनाउँदा दुखि पिडितहरुलाई सहयोग गरेर मनाउन सुझाव दिए ।



ताजा
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबार
उच्च अदालतमा रवि र छविको मुद्दामा बहस सुरु
२०८२ कार्तिक २७ गते, बिहीबार
पूर्वप्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





