ओलीले कलंकको टिका लगाएः प्रचण्ड

२०७७ पुष १३ गते, सोमबार

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली राजनीतिमा कलंकको टिका लगाएको आरोप लगाएका छन् । सोमबार काठमाडौमा जनसांस्कृतिक महासंघको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली आफुले कलंकको टिका लगाएपनि आफुहरुलाई जनताका मुद्दामा जनतामाझ जाने र जोडाउने काम गरेको बताए ।
उनले कुनै एउटा प्रधानमन्त्रीलाई सनक चढ्यो भने विशेषाधिकार प्रयोग गरेर संसद विघटन गर्न दिनुहुँदैन भनेरै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको खोसेको भन्दै त्यसबेला सबै राजनीतिक दलहरुबीच छलफल गरेर नै त्यस्तो व्यवस्था गरिएको स्मरण गरे ।
‘संविधान बनाउने बेलामा हामी संविधानसभाका दलहरुले छलफल गरेर नै त्यो व्यवस्था नराखेका हौ । तर अहिले बडो निर्मम ढंगले संविधानको कू गरियो’, प्रचण्डको भनाई छ । उनले नेपाली जनताको लामो संघर्ष र बलिदानपछि संविधान जारी गरिएको भन्दै ओलीले ३ करोड नेपाली जनताको भावनामा चोट पुर्याएकाले यसको विरोध गर्नु सबैको दायित्व भएको बताए । ‘संविधानले दिँदै नदिएको र हुँदै नभएको कुरा प्रयोग गरेकाले सदन विघटन भएको होइन, जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो’, प्रचण्डले भने, ‘मलाई विश्वास छ, सम्मानित अदालतले यति सामान्य कुरा बुझ्नेछ, बुझ्दैन भनियो भने अदालतप्रति अपमान ठहरिन्छ । छिटोभन्दा छिटो संविधानअनुसार सदन सुचारु गर्ने अदालतबाट आदेश आउनेछ भन्ने विश्वास गर्छु ।’ तर प्रचण्डले केपी ओली जुन ढंगले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको हकअधिकारमाथि प्रहार गरेको भन्दै त्यो सैह्य हुन नसक्ने बताए ।
पार्टीभित्र विवाद र अन्तरसंघर्ष चलेको स्वीकार्दै प्रचण्डले पार्टीभित्रको संघर्षलाई देशमा संकट ल्याउने बाहक बन्नु दूर्भाग्यपूर्ण भएको पनि बताए । ‘यसले केपी ओली कलंकित हुनुभयो । कलंकको टिका लगाउनुभयो । हामी राष्ट्रको एकता र जनताको अधिकारका लागि सडकमा गएका हौ ।

256 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal