राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर चिनियाँ नेता नेपालमा

२०७७ पुष १३ गते, सोमबार

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको टोलीले राजनीतिक भेटघाट थालेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई एक ठाउँमा ल्याउन भूमिका खेलेका उपमन्त्री येझाउ नेकपा विभाजनको संघारमा पुगेको बेला नेपाल आएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा फाटो आएको थियो । नेकपा विभाजनको संघारमा पुगेपछि चिनियाँ कम्युनिस्ट पार्टी चिन्तित बनेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । काठमाडौं ओर्लेलगत्तै उपमन्त्री येझाउको टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।
प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि आश्चर्यचकित बनेको चीन नेकपा पार्टी विभाजनबाट चिन्तित रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको भ्रमण नेकपालाई एकजुट बनाउने प्रयासमा केन्द्रित हुनेछ । यसअघि पनि नेकपामा विवाद भएको बेला चिनियाँ राजदूत होउ यान्छीले विशेष भूमिका निर्वाह गरेकी थिइन् । अहिलेको पछिल्लो राजनीतिक अवस्था जटिल मोडमा पुगेपछि भने चिनियाँ राजदूत यान्छीले नेकपा फुटको संघारमा पुगेको बिफ्रिङ गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीले चासो देखाएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

316 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal