फेसियल हाउसको १३ औं वार्षिकोत्सव सम्पन्न

२०७७ पुष १२ गते, आईतवार

काठमाडौं । विभिन्न ठाउँमा शाखा रहेको पुरानो र प्रतिष्ठित फेसियल हाउसको १३ औं वार्षिकोत्सव शुक्रबार भव्यताको साथ सम्पन्न भएको छ ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको सभापतित्व भएको कार्यक्रममा पूर्व सांसद शान्ता चौधरी प्रमुख आतिथि र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष अतिथिको रुपमा रहेकी थिइन् । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि र सहभागीले फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे । प्रवन्ध निर्देशक महराले पनि आगामी दिनमा अन्य ठाउँमा पनि सेवा विस्तार गर्दै लैजाने जानकारी दिइन् । ‘सुरुमा यो व्यवसाय गर्दा नै मलाई आँट थियो, जसरी भए पनि स्थापित हुन सकिन्छ भन्ने लागेर नै यसैमा झुकाव दिएँ’ उनले भनिन् ‘म आफैंले त राम्रो भन्ने कुरा भइहाल्छ अरुले पनि कामको प्रशंसा गरेका छन् ।’ महराले यो व्यवसायलाई राम्रो र व्यवस्थित बनाउन आफू सधैं लागिपरेको पनि दाबी गरिन् ।
उनले फेसियल हाउसलाई काठमाडौं बाहिर पनि लगेकी छिन् । आफ्नो कामको मूल्यांकन गर्दै अन्य ठाउँमा पनि शाखा विस्तारका लागि आग्रह गरेर गरिएको उनको भनाई छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारिणी सदस्य एवम रत्न तथा आभूषण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खड्का, नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद् प्रा। डा।राजश्री श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा वरिष्ठ सौन्दर्यविदद्व्य प्रा। डा। राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई ‘फेसियल हाउस सम्मान २०२०’ बाट सम्मान गरियो । प्रमुख अतिथि चौधरीले फेसियल हाउसले प्रवाह गर्दै आएको सेवाको तारिफ गरिन् ।

412 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal