बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
काठमाडौं । भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले मृतकहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ।
भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रमको सुरुवात नै बाढीमा परी ज्यान गुमाएका सयौँ नेपाली नागरिकको स्मरणमा मौनधारणबाट गरिएको थियो। विपद्को पीडाबीच आयोजना गरिएको उक्त कार्यक्रमले संस्थागत जिम्मेवारी हस्तान्तरणसँगै मानवीय संवेदनालाई समेत केन्द्रमा राखेको थियो। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणको कार्यक्रम प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले सञ्चालन गरेका थिए।
सो अवसरमा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रुद्राक्षको माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए। त्यसपछि प्रमुख निर्वाचन अधिकृत कार्कीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पद तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहने शपथ गराएका थिए। शपथग्रहणपछि निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले अध्यक्ष मन्जिला अनिल शर्मा, वरिष्ठ उपाध्यक्ष कमला ओली, उपाध्यक्ष रञ्जना निरौला, महासचिव रमेश दाहाल, सचिव खेमराज न्यौपाने र कोषाध्यक्ष कमला रिसाल पदाधिकारीलगायत सदस्यहरूमा- डीआर राई, शान्ति रिसाल, इन्दिरा ढकाल, उषा केसी, केवरा भट्टराई, देवेन्द्र पराजुली, रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाईं, सुषमा आचार्य रहेको नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए । यीमध्ये दुईजना सदस्य अनुपस्थित थिए । निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै निवर्तमान अध्यक्ष के.सी.ले प्रमुख निर्वाचन अधिकृत कुमारराज कार्की तथा निर्वाचन अधिकृत रञ्जु रुषा सिग्देललाई आभारपत्र प्रदान गरेका थिए। पूर्वअध्यक्ष राधेश्याम लेकालीले समेत दुवै निर्वाचन अधिकृतलाई माला लगाएर निर्वाचन प्रक्रियालाई सफल बनाउन पुर्याएको योगदानप्रति आभार व्यक्त गरेका थिए।
प्रतिबद्धता पूरा गर्ने अध्यक्ष शर्माको घोषणा
पहिलो चरणको कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष मन्जिला अनिल शर्माले नयाँ कार्यसमितिका तर्फबाट मन्तव्य दिँदै आफूले निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिबद्धता तथा संस्थाले गर्नुपर्ने आवश्यक कामहरूलाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गरिन्। यसै क्रममा शर्माले अनेसास नेपाल च्याप्टरलाई जग्गा दान (भूमी दान) गर्ने घोषणा गरेकी छन् । उनले अनेसासको निर्वाचनलाई सफल बनाउन अग्रजहरूको मार्गदर्शन र सहयोगको स्मरण गर्दै आजीवन सदस्यहरू, निर्वाचन समिति तथा निर्वाचन प्रक्रियामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार तथा धन्यवाद व्यक्त गरिन्। शर्माले नयाँ कार्यसमितिले संस्थाको उद्देश्य, गरिमा र विगतका सकारात्मक कार्यलाई निरन्तरता दिँदै थप रचनात्मक तथा प्रभावकारी गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
अग्रज साहित्यकारको उपस्थितिमा दोस्रो चरण
पहिलो चरणको औपचारिक पद हस्तान्तरणपछि कार्यक्रमको दोस्रो चरण सुरु भएको थियो। अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष राजेन्द्र के.सी. ले गरेका थिए। कार्यक्रममा पूर्वसल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी पूर्वअध्यक्ष राधेश्याम लेकाली, पूर्वसल्लाहकार प्रतीक ढकाल, अनेसास केन्द्रीय सचिव ऋषभदेव घिमिरे, अनेसास बोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, पूर्वउपाध्यक्ष रेनुका सोलु, अनेसास पुरस्कार समितिका सदस्य तथा नेपाल च्याप्टरकी पूर्वअध्यक्ष सन्ध्या पहाडी, च्याप्टरका सल्लाहकार प्रा.डा. रामप्रसाद दाहाल र साहित्यकार महेश पौड्याल विशेष अतिथिका रूपमा मञ्चासीन थिए। कार्यक्रममा प्रमुख अतिथि तथा मञ्चासीन विशेष अतिथिहरूले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले अनेसास नेपाल च्याप्टरको विगतको योगदानलाई निरन्तरता दिँदै नयाँ कार्यसमितिले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा थप प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका थिए।
अनुभव हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष के.सी.
कार्यक्रमको समापन गर्दै निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले आफ्नो कार्यकालमा अनेसास नेपाल च्याप्टरबाट भएका विभिन्न गतिविधि, उपलब्धि तथा प्रगतिका कामहरूबारे प्रकाश पारे। उनले संस्था सञ्चालनका क्रममा आइपरेका विभिन्न कठिनाइ, चुनौती तथा सहजताका विषयमा आफ्ना अनुभवहरू समेत साझा गरे। आफ्नो अनुभव नयाँ कार्यसमितिका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै के.सी.ले नयाँ कार्यकालका लागि निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू संस्था सञ्चालनका लागि सक्षम, योग्य र अनुभवी रहेको बताए। उनले विगतमा सुरु गरिएका सकारात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै नयाँ कार्यसमितिले थप ऐतिहासिक तथा उदाहरणीय काम गर्ने विश्वाससमेत व्यक्त गरे। मन्तव्यकै क्रममा के.सी.ले आफूले सभापतित्व गरिरहेको स्थानबाट नवनिर्वाचित अध्यक्ष मन्जिला अनिल शर्मालाई अध्यक्षको आसनमा पदस्थापन गराउँदै आफ्नो कार्यकालको औपचारिक समापन गरेका थिए। यससँगै अनेसास नेपाल च्याप्टरको नेतृत्व औपचारिक रूपमा नयाँ कार्यसमितिले सम्हालेको हो।
विपद्को घडीमा संस्थागत जिम्मेवारी
काठमाडौंमा बसोबास गर्ने अनेसासका आजीवन सदस्य, साहित्यकार तथा विभिन्न क्षेत्रका उल्लेख्य व्यक्तित्वहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न पद हस्तान्तरण कार्यक्रमपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकसमेत बसेको थियो। भोटेकोशी बाढीबाट उत्पन्न विषम परिस्थितिका कारण राहत संकलनलगायत मानवीय सहयोगका कार्य तत्काल अघि बढाउनुपर्ने अवस्था रहेकाले संस्थाको नियमित कार्य सञ्चालन तथा आकस्मिक निर्णय गर्न बाटो खुला गर्ने उद्देश्यले पनि यस समयमा पद हस्तान्तरण कार्यक्रम आयोजना गरिएको अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालले जानकारी दिए।
दाहालका अनुसार निवर्तमान कार्यसमितिले विधानतः नयाँ निर्णय गर्न नमिल्ने र नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी नसम्हालिसकेको अवस्थामा संस्थाका नियमित गतिविधि तथा विपद्का बेला गर्नुपर्ने आकस्मिक निर्णय प्रभावित हुन सक्ने भएकाले विषम परिस्थितिका बाबजुद पद हस्तान्तरणलाई अघि बढाइएको हो। मानवीय संवेदनाको यो कठिन घडीमा शोकलाई आत्मसात् गर्दै संस्थागत जिम्मेवारीको नयाँ अध्याय सुरु गरेको अनेसास नेपाल च्याप्टरले अब राहत तथा सहयोगका गतिविधिसँगै नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनका नियमित कार्यक्रमलाई समेत निरन्तरता दिने जनाएको छ। यसरी बाढीको पीडाले देश शोकमा रहेका बेला श्रद्धाञ्जलि र समवेदनाबाट सुरु भएको अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण कार्यक्रम नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिँदै संस्थाको आगामी यात्राका लागि नयाँ ऊर्जा र प्रतिबद्धतासहित सम्पन्न भएको छ।
ताजा
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवार
१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो
२०८३ भाद्र १६ गते, मंगलवार
अनिश्चितकालका लागि तातोपानी नाका बन्द
२०८३ भाद्र १६ गते, मंगलवार
सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर
२०८३ भाद्र १६ गते, मंगलवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





