तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
काठमाडौं। चीनतर्फबाट भोटेकोशीमा आएको बाढीपहिरोका कारण देशभरको सडक अवरुद्ध हुँदा करिब ८०० देखि १ हजारसम्म सवारीसाधन फसेका वा डुबेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार जनैपूर्णिमाका लागि गोसाईंकुण्ड गएका १८ देखि २० वटा यात्रुवाहक बस सम्पर्कविहीन छन् । ती बसमा रहेका यात्रु तथा चालक–कर्मचारीको अवस्थाबारे यकिन जानकारी हुन सकेको छैन ।
अरनिको यातायात कम्पनीमार्फत रसुवागढी सडकखण्ड हुँदै गोसाईंकुण्ड गएकामात्रै १८ देखि २० वटा यात्रुवाहक बसहरू अहिलेसम्म सम्पर्कविहीन छन्,अध्यक्ष सिटौलाले भने, ती बसका ३ जना कर्मचारी मात्र सम्पर्कमा आएको भन्ने अपुष्ट खबर छ, बाँकी यात्रु र गाडीको अवस्था अज्ञात छ।
उनका अनुसार फसेका यात्रुको अवस्था बुझ्न र उद्धारका लागि बुधबार करिब २५-३० जनाको टोली घटनास्थलतर्फ पठाइएको भए पनि बाटो अवरुद्ध भएका कारण टोली बिचबाटै फर्किन बाध्य भएको थियो।
पोखराबाट गएको एउटा गाडीका पाँच जना मात्र सम्पर्कमा आएका छन् भने गोरखाबाट गएको अर्को गाडीका यात्रुसँग पनि सम्पर्क टुटेको महासंघले जनाएको छ। बाढीपहिरोका कारण नागढुंगा–मुग्लिनसहितका मुख्य सडक बन्द हुँदा करिब ३०० यात्रुवाहक बससहित ठूलो संख्यामा मालवाहक सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।
उद्धार तथा राहतका लागि महासंघले आपत्कालीन बैठक बोलाएको छ। अध्यक्ष सिटौलाले स्थानीय प्रशासनसँग समन्वय गरेर यात्रुको उद्धार गर्न व्यवसायी तयार रहेको बताए । उनले उच्च जोखिमका क्षेत्रमा प्रशासनसँग समन्वय नगरी आफूखुसी सवारी नचलाउन व्यवसायी तथा चालकलाई आग्रह गरेका छन्।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





