ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा आतङ्क सिर्जना गरिरहेको जङ्गली हात्ती ‘ध्रुवे’ लाई डार्ट गरी दाह्रा काटेर स्याटालाईट जडान गरिएको छ ।
निकुञ्ज प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले गएराति ध्रुबेलाई नियन्त्रणमा लिएर स्याटेलाइट कलर जडान गरिएको हो । असार २० गते राति चितवन भरतपुर २३, बेलहट्टा निवासी पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको धुर्बे हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। यो घटनासहित ध्रुवे हात्तीले अहिलेसम्म २५ जनाको ज्यान लिइसकेको छ ।
घटनापश्चात् थप जनधनको क्षति हुन नदिन निकुञ्ज कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नयाँ गोरख गणका नेपाली सेना, मध्यवर्ती उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाहरूको समन्वयमा हात्तीको निरन्तर खोजी र निगरानी भइरहेको जनाएको थियो।
सोही क्रममा बुधबार बेलुका १०ः३० बजेको समयमा निकुञ्जभित्रको सुखिभार पोस्ट नजिकैको क्षेत्रमा हात्ती फेला परेको हो । फेला पारिएको हात्तीलाई प्राविधिक टोलीले डार्ट गरि बेहोस बनाएर नियन्त्रणमा लिएको थियो । त्यसपछि हात्तीको घाँटीमा स्याटेलाइट प्रविधिमा आधारित कलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
उनका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उसको दाह्रा समेत काटिएको हो । दाह्रा काटिएपछि हात्तीलाई पुनः प्राकृतिक बासस्थान निकुञ्ज जङ्गलमै छाडिएको छ । निकुञ्जका सूचना अधिकारी थापा मगरका अनुसार, हात्तीको घाँटीमा जडान गरिएको स्याटेलाइट कलर प्रविधिका कारण अब हात्ती कहाँ छ सूचना तत्कालै प्राप्त हुनेछ। यसले हात्तीको नियमित अनुगमन गर्न सहज हुनुका साथै मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा ठूलो सहयोग पुग्ने अपेक्षा राखिएको उनले बताए ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





