इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा
काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ।
अब अर्जेन्टिनाले आइतबार हुने उपाधि भिडन्तमा स्पेनको सामना गर्नेछ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इङ्ग्ल्यान्डले दोस्रो हाफको ५६औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो।
मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा गोर्डनले सही समयमा दौड पूरा गर्दै बललाई जाली चुमाएका थिए । तर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो। खेलको अन्त्यतिर लाउटारो मार्टिनेज र एन्जो फर्नान्डेजले गोल गर्दै साविक विजेतालाई फाइनलमा पुर्याए।
बराबरीपछि इङ्ग्ल्यान्डले खेलमा फर्कने प्रयास गरे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन। अन्तिम समयमा जोर्डन पिकफोर्डले लामो पास खेले पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरक्षित रूपमा बल नियन्त्रण गर्दै टोलीको जित सुनिश्चित गरे।
सन् १९६६ देखि उपलब्ध अभिलेखअनुसार अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको विश्वकप इतिहासमा पहिलो ३० मिनेटसम्म एउटै पनि शट नलागेको यो पहिलो खेल बनेको छ। यसअघि सबैभन्दा ढिलो पहिलो शट लागेको विश्वकप खेल इङ्ग्ल्यान्ड र नर्वेबीच भएको थियो, जहाँ २९औँ मिनेटमा पहिलो प्रहार गरिएको थियो।
पहिलो हाफ निकै तनावपूर्ण, सावधानीपूर्ण र कडा प्रतिस्पर्धात्मक रह्यो। पहिलो ४५ मिनेटमा कुनै पनि टोलीले गोल गर्न सकेन भने खेलाडीहरूबीच फाउल र कडा ट्याकल पनि बढ्दै गएका थिए।
दोस्रो हाफ भने पूर्ण रूपमा फरक रह्यो, जहाँ तीन गोलसँगै खेलले रोमाञ्चक मोड लियो। अर्जेन्टिनाले अब आइतबार न्यू जर्सीमा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। पराजित इङ्ग्ल्यान्डले भने तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।
ताजा
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबार
विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
२०८३ मंसिर ११ गते, शुक्रबार
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने
२०८३ मंसिर १० गते, बिहीबार
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’
२०८३ मंसिर १० गते, बिहीबार
‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा
२०८३ मंसिर १० गते, बिहीबार
तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष
२०८३ मंसिर १० गते, बिहीबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





