बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे

२०८२ फाल्गुन २६ गते, मंगलवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु पाण्डेले अबको प्रधानमन्त्रीको बालेन्द्र शाह (बालेन) रहेकोभन्दै चाहिने नचाहिने कुरा गर्ने छुट कसैलाई नरहेको बताएका छन्।

मंगलबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै कन्फ्युजन नरहेको बताएका थिए। ‘रास्वपाको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह त्यसमा कुनै कन्फ्यूजन छैन। चाहिने नचाहिने भन्ने कुरा कसैलाई छुट छैन’, सञ्चारकर्मीसँग उनले भने।

काठमाडौँ ३ बाट निर्वाचित पाण्डेलाई सञ्चारकर्मीले रास्वपा उपसभापति डिपी अर्यालले भनेको विषय उठाउँदै ‘बालेन शाह प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने कुरा पनि कन्फ्यूजनमा रहेको छ नि’ भन्ने प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै उनले उपसभापति अर्यालले भनेको कुरा आफूलाई थाहा नभएको बताएका थिए।

यदि अर्यालले त्यस्तो भनेको हो भने उनको भनाइ गैर जिम्मेवार रहेको पाण्डेको भनाइ थियो। अर्यालले काठमाडौँ–९ बाट जितेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दा बालेन तथा पार्टी सभापति रवि लामिछानेको सहमतिबारे आफूलाई थाहा नपाएको प्रतिक्रिया दिएका थिए। बालेन प्रधानमन्त्री बन्नेबारे कुनै सहमति नभएको आशयको प्रतिक्रिया उनले सञ्चारकर्मीहरूलाई दिएपछि बालेन प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने विषय राजनीतिकवृत्तमा चर्चाको विषय बनेको छ।

यद्यपि रास्वपाले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका नरहेको बताइसकेको छ। अर्यालले पनि आफ्नो भनाइको खण्डन गर्दै बुझाइमा फरक परिसकेको भनेर फेरि सच्याइसकेका छन्।

तर बालेन प्रधानमन्त्री बन्ने हुन् वा होइनन् भन्ने विषय भने सतहमा देखा परेको छ। सोही विषयलाई लिएर पाण्डेलाई पनि सञ्चाकर्मीले प्रश्न सोधेका हुन्। मंगलबार सञ्चारकर्मीले उपसभापतिले बालेन प्रधानमन्त्री बन्ने कुरा थाहा छैन भन्नुभएको छ नि भन्ने प्रश्नमा पाण्डे कड्किएका थिए।

‘उहाँ (अर्याल०) ले थाहा छैन भनेको मलाई थाहा छैन। भनेको भए गैर जिम्मेवार कुरा हो। त्यो गैर जिम्मेवार कुरा कसैले गर्न पाउँदैन। कसैले पनि जनताले सहनेवाला छैन’, पाण्डेले भनेका थिए। उनले यतिमात्र भनेनन् अगाडि बढेर पार्टीका पदाधिकारी तहका नेतृत्वलाई नै प्रधानमन्त्रीका विषयमा जे पायो त्यही नबोल्नसमेत निर्देश गरे। यद्यपि पाण्डे आफै अहिले रास्वपाको कुनै पदाधिकारी तहमा छैनन्।

55 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal