पूर्वराजाको अस्त्रले मुलुकमा तरंग

२०८२ फाल्गुन १० गते, आईतवार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एउटा भिडियो वक्तव्य जारी गर्नु भएको छ । फागुन ६ अर्थात बुधबार जारी भिडियोमा उहाँले राष्ट्र, राष्ट्रियताको कुरालाई अघि सार्नु भएको छ । उहाँले यही फागुन २१ गते हुने भनिएको निर्वाचनले खासै निकास दिन नसक्ने धारणा उहाँले राख्नु भएको छ । उहाँले देशको समस्याहरुका विषय सबैले बसेर छलफल गरी समाधान खोजिनु पर्ने धारणा पनि राख्नु भएको छ । उहाँले आगामी निर्वाचनबाट पनि आउने परिणाम अहिलेकै जस्तो हुने अवस्थालाई ख्याल गरी निर्वाचन रोकिनु पर्ने धारणा राख्नु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो देशको समस्या आफूहरुबाटै खोजिनुपर्ने कुरा पनि आफ्नो सन्देशमा दिनु भएको छ । उहाँले २००७ सालमा नेपालमा आएको प्रजातन्त्रको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवसको रुपमा मनाइँदै आएको भनी पूर्वसन्ध्यामा आफ्नो वक्तव्य जारी गर्नु भएको हो ।

यो वक्तव्यलाई लिएर विभिन्न खाले प्रतिक्रिया आउन थालेका छन् । विभिन्न राजनीतिक दलहरुले निर्वाचनमा मुलुक होमिइसकेको अवस्थामा निर्वाचन रोक्न नसकिने धारणा राखेका छन् । राजाको यो धारणा निर्वाचन प्रक्रिया अघि आएको भए यस विषयमा सोच्न सकिने अवस्था रहने भन्नेमा उनीहरु पुगेका छन् ।
राजाले देशको माटो सुहाउँदो व्यवस्थाको कुरा उठाएकोलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । राजाले यो कुरा नेपाली जनताको चाहना अनुसारको राज्यव्यवस्था हुनुपर्ने भन्ने मनसाय राखेको देखिएको छ । राजाको चाहना भने राजादेखि रंकसम्मलाई समेटेर नेपालको लागि सुहाउँदो राज्यव्यवस्थाको कुरालाई समेट्नु भन्ने रहेको पनि बुझिएको छ ।

राजाको यो अश्त्र केही दिनअघि झापाबाट काठमाडौं फर्किंदा राजाको स्वागतका लागि नेपालीजन काठमाडौंमा उत्रिएबाट राजा उत्साहित बन्नाले आएको बुझिएको छ । उक्त दिन त्रिभूवन विमानस्थलदेखि महाराजगञ्जसम्म राजालाई स्वागत गर्न मानिसहरुको भीड लागेको थियो ।

त्यसो त गणतन्त्र राजासँगको गरिएको सम्झौताविपरित रुपमा ल्याइएको भन्नेमा राजा ज्ञानेन्द्रको बुझाइ रहेको बताइएको छ । यसअघि गणतन्त्रभन्दा पनि राजतन्त्रलाई संवैधानिक राजतन्त्रको रुपमा राखी राजसंस्था नफ्याल्ने सम्झौताविपरित दलहरु गएको भनी राजाको गुनासो रहँदै आएको बताइन्छ ।
गत भदौ २३ र २४ गतेको नवपुस्ता (जेन–जी) को आन्दोलनपछि नयाँ सरकार बन्ने समयमा पनि राजतन्त्रलाई फर्काइने हल्ला चलेको थियो । त्यो बेला राजा ज्ञानेन्द्रले उक्त आन्दोलनमा गोली लागी शहादतप्राप्त व्यक्तिहरुको दोष आफूमाथि आउने भनी राजाको रुपमा राज्यरोहण गर्न नमाने पनि चर्चा चलेको थियो । त्यही बेला नै यो घोषित निर्वाचनको समयभन्दा अघि नै राजालाई स्थापित गरिने भन्ने चर्चा पनि चलेको थियो ।

कतिपयले राजाको यो वक्तव्य सोही बेलाको कुरासँग मेल गरी हेर्ने गरेको पनि पाइएको छ । यस्तो हुनुमा निर्वाचनले निकास दिने सम्भावना कमै रहने भन्ने कुरा पनि हो । आगामी निर्वाचनले पनि समानुपातिक व्यवस्थाका कारण कुनै पनि दलको स्पष्ट बहुमत नआउने संभावना रहेको भनी बुद्धिजीवीहरुले भन्दै आएका छन् ।
सोही कुरालाई राजाले पनि मनन गरी आफ्नो अभिव्यक्ति ल्याएको भन्नेहरु पनि छन् ।

उता, निर्वाचनको माहौल गरमागरम बनिरहेको छ । अघिल्ला निर्वाचनहरुमा प्रमुख प्रतिस्पर्धी दलका रुपमा रहँदै आएका नेपाली कांग्रेस र नेकपा (एमाले) अहिले आफ्नो पुरानो साखलाई जोगाउन लागि परेका छन् । सबैभन्दा ठूलो दल कांग्रेसले आफ्नो दलमा नयाँ नेतृत्व (गगन कुमार थापा) ल्याई चुनावमा आफ्ना अजेण्डासहित प्रस्तुत भएको छ ।

यसैगरी दोस्रो ठूलो दल एमाले पनि आफ्नो पुरानो हैसियतलाई जोगाउन लागि परेको छ । एमालेका लागि अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका कारण अन्य दलसँग प्रतिस्पर्धा गर्न अप्ठ्यारो परिरहेको बताइने गरेको छ । यसो हुनुमा गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्मलाई एमालेले बुझ्न नसकेको भन्ने छ । यसैगरी नयाँपुस्ताका मानिसहरुले २३ र २४ गतेको विध्वंश हुनुमा ओली नै मुख्य जिम्मेवार रहेको भनी प्रचार गर्ने गरेका छन् ।

यस्तो अवस्थामा रहेका कांग्रेस उत्साहपूर्वक सक्रिय देखिएको छ भने एमाले आफूलाई जोगाउनका लागि विभिन्न प्रयास गरिरहेको बताइन्छ ।
उता, यो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई नयाँ शक्तिको रुपमा स्थापित गर्ने मनसायमा रहेको देखिन्छ । रास्वपाले बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । विभिन्न ठाउँहरुमा बालेन पुग्दा देखिएको भिडका आधारमा रास्वपाले आफूलाई धेरै अघि बढेको अवस्थामा बुझ्ने गरेको बताइएको छ ।

भिडकै आधारमा रास्वपाका नेता तथा उम्मेदवारहरुले अन्य दल तथा उम्मेदवारहरुलाई गन्न छोडेको पनि बताइएको छ । ‘रास्वपामा अहंकार देखिएको छ । यो दलमा आवद्धहरुले अरुलाई गन्न छाडेका छन् । नराम्रो सबै काम तथा कर्म जति पुरानै दलको भन्ने भाष्य स्थापित गर्ने कार्यमा रास्वपा तल्लीन रहेको छ ।’ भन्ने धारणा अधिवक्ता चन्द्रप्रसाद लुइँटेलको छ । उहाँ भन्नु हुन्छ, ‘अरुलाई पुरानो दल भन्ने रास्वपा पनि पुरानो दल हो । यसअघिको आमनिर्वाचनमा भाग लिई सरकारमा समेत गैसकेको रास्वपाले आफूलाई नयाँ भन्दै हिंड्नु नै गलत छ ।’
त्यसो त रास्वपाका नेताहरुमा अहंकार बढेको चर्चा छ । विभिन्न स्थानमा मत माग्न जाने क्रममा मतदाताले कुनै कुरा उठाउँदा उम्मेदवारहरु समेत आक्रोशित हुने गरेको देखिएको छ । आफ्नो दलको अजेण्डा लिएर मतदाता समक्ष पुग्नुपर्नेमा उम्मेदवारहरु नै अरु दलका समर्थकहरुलाई ‘हनुमान’ भनी भन्न थालेको अवस्था छ ।

यसरी कांग्रेस र एमाले आफ्नो साखलाई जोगाउने कर्ममा लागेका छन् । उता, रास्वपा भने भिडलाई हेरेर आफूलाई अहंकारीको रुपमा प्रस्तुत गर्दै गएको भनी टिप्पणी हुन थालेको छ ।

70 Views

ताजा

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal