‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो ।

‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ ।

सपना साकार हुन नपाउँदै भत्किएको संसार गीतमा सुन्न सकिन्छ । वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथा समेटेको गीतमा सपना भताभुंगा हुँदाको पीडा र छटपटि सुन्न सकिन्छ ।

हराएको प्रेमीको खोजी र पर्खाइमा रहेको रहेको व्यक्ति कसरी पलपलमा टुक्रिन्छ रु चोखो प्रेमको गहिराइमा रहने र त्यसको महत्व नबुझ्नेबीचको अन्तरको मर्मस्पर्शी कथा गीतले बोकको छ ।

गीतको यो कथा देखाउन भिडियोमा आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ छन् । वियोगान्त गीतले चलचित्रको कथा संकेत गरेको छ । प्रेमलाई पूजा गर्ने र खेलवाड सम्झनेबीचको अन्तर चलचित्रमा रहेको गीतबाट अनुमान लगाउन सकिन्छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

माघ १६ गते रिलिज हुने चलचित्रलाई बलिराम चौहानको निर्देशन गरेका छन् ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

नरेन्द्र मैनालीले गरेको छायांकन रहेको चलचित्रका आकाश उखेडा मख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।

58 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal