भेनेजुएलाका राष्ट्रपति अमेरिकाको नियन्त्रणमा

२०८२ पुष २० गते, आईतवार

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई अमेरिकाले नियन्त्रणमा लिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको कब्जामा राखेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल “ट्रुथ सोशल” मा पोस्ट गर्दै ट्रम्पले भनेका छन्,‘ ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मदुरो विरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट निकालिएको छ ।’

सन् १९८९ मा सैन्य नेता म्यानुएल नोरिएगालाई पदच्युत गर्न पानामामा आक्रमण गरेपछि अमेरिकाले ल्याटिन अमेरिकी क्षेत्रमा त्यस्तो प्रत्यक्ष हस्तक्षेप गरेको थिएन ।

त्यस्तै राष्ट्रपति ट्रम्पले भेनेजुएलामा अमेरिकाले ठूलो सैन्य आक्रमण गरेको दाबी गरेका छन् ।

शनिवार बिहान भेनेजुएलाको राजधानी काराकास र अन्य प्रमुख सैन्य स्थलमा विस्फोटका ध्वनि सुनिएको र धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मादुरो नेतृत्वको सरकारले अमेरिकालाई सैन्य आक्रमण भन्दै निन्दा गरेको छ भने राष्ट्रिय आपतकाल घोषणा गरेको छ।

अमेरिकाले मादुरोलाई नार्को(राज्यु चलाएको र चुनावमा धाँधली गरेको आरोप लगाएको छ । सन् २०१३ मा ह्युगो चाभेजलाई उत्तराधिकारी बनाएर सत्तामा आएका भेनेजुएलाका नेताले वासिङ्टनले विश्वको सबैभन्दा ठूलो तेल भण्डार आफ्नो नियन्त्रणमा लिन चाहेको बताएका छन् ।

101 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal