लायन्स क्लबद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण
तनहुँ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० लोकातिटार तनहुँमा रहेको श्री सूर्य आधारभूत विद्यालयमा अध्यनरत बिधार्थीहरुका लागि न्यानो कपडा, जुत्ता, मोजा, टोपी तथा स्टेशनरीका सामानहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण रानाको अध्यक्षतामा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर हसन कुमार गोपालीको प्रमुख आतिथ्यतामा र सम्बन्धित वडाका वडा अध्यक्ष राजेन्द्र क्षेत्रीले विशेष उपस्थितिमा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाडौँ नयाँबजारद्वारा इमनन्दा फाउन्डेसनको सहकार्यमा न्यानो कपडा, मोजा तथा टोपी, लायन्स क्लब अफ काठमाडौँ टेम्पल सिद्धिविनायकद्वारा जुत्ता तथा पीपीई र लायन्स क्लब अफ काठमाडौं आदर्श समाज का सदस्य रामु थापाको पहलमा क्यानडामा रहनुभएका समाजसेवीहरु थापालगायत विवेक पौडेल, रिजन श्रेष्ठ तथा मञ्जु श्रेष्ठको पहलमा श्रेष्ठ लगायत राजु वाइबा र रोनिमा घलेको सहयोगमा स्टेसनरी सामानहरु वितरण गरिएको नयाँबजार क्लबका अध्यक्ष उत्सव श्रेष्ठले बताउनु भयो ।

क्लब स्थापना कालदेखिनै न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको क्लब नयाबजारले समाजसेवी व्यक्ति तथा संस्थासँग सहकार्य गरी भौतिक दूरीले टाढा भएपनि मनको दूरी नजिकै छ भनी यस विद्यालयमा आई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै प्रमुख अतिथिद्वारा विद्यार्थी तथा विद्यालयको उज्वल भविष्यको कामना गर्नु भयो । सडकको नजिकै भएर पनि कोल्टो परेको यस ठाउँमा सहयोग गरेर विध्यार्थीलाई पढ्नको लागि अझै उत्साह थपिदिनु भएकोमा वडा अध्यक्षद्वारा सहभागी सहयोगी मन सबैलाई धन्यवाद दिनु भयो । कार्यक्रममा डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर महाप्रसाद पाण्डे, इन्द्र भट्ट, उर्मिला थापा, गणेश जिसी, लीला कुमारी अधिकारी, सुरेन्द्र बस्नेत, प्रकाश श्रेष्ठ, लाल बहादुर थापा, विवेक पौडेल, रामजी शर्मालगायतको उपस्थित रहेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक फुलमाया लोद्वारा संचालित कार्यक्रममा आदर्श समाजका अध्यक्ष रामशरण बानिया सहयोगी सबैलाई धन्यवाद दिँदै निरन्तर सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो।

विद्यालयका प्राधनाध्यापक शान्त बहादुर शाही तथा सभापति रानाले आर्थिक अभावका कारण पढ्न नआएका विध्यार्थीहरुलाई यस्ता कार्यक्रमले पढ्न आउने वातावरण बनेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।




ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





