लायन्स क्लबद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण
तनहुँ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० लोकातिटार तनहुँमा रहेको श्री सूर्य आधारभूत विद्यालयमा अध्यनरत बिधार्थीहरुका लागि न्यानो कपडा, जुत्ता, मोजा, टोपी तथा स्टेशनरीका सामानहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण रानाको अध्यक्षतामा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर हसन कुमार गोपालीको प्रमुख आतिथ्यतामा र सम्बन्धित वडाका वडा अध्यक्ष राजेन्द्र क्षेत्रीले विशेष उपस्थितिमा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाडौँ नयाँबजारद्वारा इमनन्दा फाउन्डेसनको सहकार्यमा न्यानो कपडा, मोजा तथा टोपी, लायन्स क्लब अफ काठमाडौँ टेम्पल सिद्धिविनायकद्वारा जुत्ता तथा पीपीई र लायन्स क्लब अफ काठमाडौं आदर्श समाज का सदस्य रामु थापाको पहलमा क्यानडामा रहनुभएका समाजसेवीहरु थापालगायत विवेक पौडेल, रिजन श्रेष्ठ तथा मञ्जु श्रेष्ठको पहलमा श्रेष्ठ लगायत राजु वाइबा र रोनिमा घलेको सहयोगमा स्टेसनरी सामानहरु वितरण गरिएको नयाँबजार क्लबका अध्यक्ष उत्सव श्रेष्ठले बताउनु भयो ।

क्लब स्थापना कालदेखिनै न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको क्लब नयाबजारले समाजसेवी व्यक्ति तथा संस्थासँग सहकार्य गरी भौतिक दूरीले टाढा भएपनि मनको दूरी नजिकै छ भनी यस विद्यालयमा आई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै प्रमुख अतिथिद्वारा विद्यार्थी तथा विद्यालयको उज्वल भविष्यको कामना गर्नु भयो । सडकको नजिकै भएर पनि कोल्टो परेको यस ठाउँमा सहयोग गरेर विध्यार्थीलाई पढ्नको लागि अझै उत्साह थपिदिनु भएकोमा वडा अध्यक्षद्वारा सहभागी सहयोगी मन सबैलाई धन्यवाद दिनु भयो । कार्यक्रममा डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर महाप्रसाद पाण्डे, इन्द्र भट्ट, उर्मिला थापा, गणेश जिसी, लीला कुमारी अधिकारी, सुरेन्द्र बस्नेत, प्रकाश श्रेष्ठ, लाल बहादुर थापा, विवेक पौडेल, रामजी शर्मालगायतको उपस्थित रहेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक फुलमाया लोद्वारा संचालित कार्यक्रममा आदर्श समाजका अध्यक्ष रामशरण बानिया सहयोगी सबैलाई धन्यवाद दिँदै निरन्तर सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो।

विद्यालयका प्राधनाध्यापक शान्त बहादुर शाही तथा सभापति रानाले आर्थिक अभावका कारण पढ्न नआएका विध्यार्थीहरुलाई यस्ता कार्यक्रमले पढ्न आउने वातावरण बनेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।




ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





