स्वबियु निर्बाचनको कार्यतालिका सार्बजनिक

२०८१ फाल्गुन १० गते, शनिबार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिबि)ले चैत ५ गते निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार टियुले फागुन १९ गतेदेखि निर्वाचन प्रक्रिया थाल्ने भएको छ। फागुन १९ गते संघरसंगठनको दर्ता, २१ गते मतदाता सूची प्रकाशन गर्ने, २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, २५ गते ५ बजे मतदाता सूचीको अन्तिम नामावली प्रकाशन गर्ने टियुले जनाएको छ।

त्यस्तै फागुन २६ गते ११ बजेदेखि २ बजेसम्म मनोनय पत्र वितरण, २७ गते ११ देखि २ बजेसम्म मनोनयन पत्र नामावली दाखिला गर्ने र ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारविरुद्ध दाबी विरोध र छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, २९ गते उम्मेदवारी फिर्ता लिने समय र २९ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

चैत ५ गते विहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको टियुले जनाएको छ। त्यस्तै प्रचार प्रसार फागुन २९ देखि चैत २ गते १२ बजेसम्मको लागि समय दिइएको छ।

131 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal