साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छः मन्त्री चौधरी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको वातावरण संरक्षणको पक्षमा काम गर्न सकिने बताउनुभएको छ ।
काठमाडौँमा जारी हिमालयन लिटरेचर फेस्टिभल अन्तर्गत न्यू योर्क राइटर्स वर्कसप इन काठमाडौँलाईलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । विश्वका १० देशबाट सहभागी लेखक, साहित्यकार तथा कविहरूलाई नेपालमा स्वागत गर्दै उहाँले आजको मानवीय आवश्यकताको संरक्षणमा साहित्यको तर्फबाट महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो ।
ुविश्वमा वातावरण, महिला हक अधिकार, बालबालिकाको शिक्षा, स्वास्थ्य, मनोरञ्जन र ज्येष्ठ नागरिकहरूलाई सम्मानजनक हेरचाह, व्यवहार स्वास्थ्यमा रेखदेख आजको विश्वको माग होु, मन्त्री चौधरीले भन्नुभयो, ुयसलाई कविता, लेख, साहित्यको माध्यमबाट जनस्तरमा तपाईँहरू लागिरहनुभएको छ । अझ अभियानको रूपमा लगिदिनुभयो भने विश्वमा विकास, संस्कृतिको सम्मान, मानव, शान्ति र एकताको संसार बन्ने थियो । यसमा तपाईँहरूको ठुलो हात छ । आजैबाट यो विश्व अभियान सुरु गरौँ, म तपाईँहरूको साथमा रहनेछु ।ु
उहाँले यस अभियानले सुन्दर विश्व बनाउन मद्दत पुग्ने भन्दै मानव मानवबिच प्रेम, भातृत्व, आणविक हातहतियार रहित संसार बनेमा पृथ्वीको वातावरणमा पनि ठुलो संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।
यसले जलवायु परिवर्तन र ग्लोबल वार्मिङको समस्यालाई पनि बिस्तारै हटाउने मन्त्री चौधरीको भनाई थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एक अर्काका परिपूरक हुने भन्दै मन्त्री चौधरीले सबैको सम्मान र अधिकार संरक्षण गर्नु घर परावर देखि राष्ट्र र संयुक्त राष्ट्रसंघको महत्त्वपूर्ण दायित्व रहेको बताउनुभयो । ुसबैले ध्यान दिएमा मानव संसार सुखी र खुसी हुने थियो । आजको बालबालिका भविष्यको कर्णधार भई समयअनुसार वृद्ध हुँदै जाने हो । यसमा आमा दिदीबहिनी तथा महिलाको दायित्व कति छ । महिला हक अधिकार, स्वास्थ्य, शिक्षा लगायत उहाँका आधारभूत आवश्यकताहरू पुगेका छन् कि छैनन्ु, उहाँले भन्नुभयो, ुयी कुराहरूलाई पनि तपाईँहरूको कलममार्फत जुन भूमिका खेल्नुभएको छ त्यसलाई अझ बढाउँदै लैजान आग्रह गर्दछु ।ु
साहित्यिक अभियानले मानव जाति र पृथ्वीलाई समेत संरक्षण गर्ने भएकाले विश्व अभियानको रूपमा यसलाई लैजान मन्त्री चौधरीले आग्रह गर्नुभयो ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





