एमालेको सङ्कल्प यात्रा, आज बागमती प्रवेश गर्दै

२०८० मंसिर २३ गते, शनिबार

काठमाडौँ । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत टोलीले आज गण्डकी प्रदेशको यात्रा सकेर बागमती प्रदेश गर्दैछ ।

मङ्सिर १४ गते अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यात्रारत एमालेको टोलीले आज गण्डकी प्रदेशको यात्रा सकेर बागमती प्रदेश गर्न लागेको हो ।

यात्रा टोलीले हालसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा सकिएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । ‘आजको बास हामी गण्डकी प्रदेशको गोरखामा बसेका थियौँ’ उहाँले भन्नुभयो, ‘बिहानको खाना सल्यानटारमा खाएर हामी धादिङ प्रवेशसँगै बागमती प्रदेशतर्फ लाग्नेछौँ ।’

आजको बास नुवाकोटको विदुरमा हुनेछ । नुवाकोट मध्य पहाडी राजमार्गको विन्दु हो । अर्थात् कुल १ हजार ८ सय ७९ किलोमिटर लामो यो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व पर्छ भने आधा भाग पश्चिमतर्फ । ‘यात्राको दसौँ दिन हामी मध्य भागमा आइपुग्दैछौँ’, गौतमले भन्नुभयो, ‘अब नौ दिनमा बाँकी दुरी पार गर्दै यात्रा समापन हुनेछ ।’

आरुघाट, सामरी भन्ज्याङ,भर्‍याङभुरुङ आदि ठाउँमा आजका भेटघाटहरू हुने एमालेले जनाएको छ । आजको आमसभा नुवाकोटको विदुरमा हुनेछ ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने ,विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।

83 Views

ताजा

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal