भारतीय सेनाका कर्णेलद्वारा नेपाली युवतीको हत्या
काठमाडौं । भारतीय सेनाका कर्णेलद्वारा नेपाली युवतीको हत्या गरेका छन्् । भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्यायले नेपाली युवती श्रेया शर्माका नामले चिनिने तनहुँको भानु नगरपालिका(६ चोकचिसापानी घर भएकी सुमित्रा घर्तीको हत्या गरेका हुन् ।
३० वर्षीया शर्मा सिलिगुडीमा बसेर डान्सबारमा नाच्ने गर्थिन्। त्यसै बेलादेखि कर्नेल र सुमित्राबीच प्रेम सुरू भएको थियो । त्यसपछि उपाध्यायको देहरादुन सरुवा भएपछि उनले शर्मालाई आफूसँगै देहरादुन लिएर आएका थिए।
गत शनिबार उनीहरू एक डान्सबारमा रक्सी पिएर दुवै जना लामो ड्राइभमा हिँडेका थिए। प्रहरीका अनुसार सहरभन्दा टाढा एकान्त ठाउँमा पुगेपछि राति करिब १स्३० बजे मृतक युवतीले यौनसम्बन्ध राख्न र विवाह गर्न दबाब दिएकी थिइन्। त्यहीँ विषयमा विवाद हुँदा गाडी रोकेर कर्नेलले जंगलमा हथौडाले शर्माको मुख र टाउको हिर्काएका थिए।
शर्माको मृत्यु भएपछि उपाध्यायले उनको शवलाई सडक छेउमा फालेर फरार भएका थिए। उनको शव सोमबार सिर्वालगढ क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेको थियो। कर्णेलको पहिले विवाह भएको र डेढ वर्षको छोरासमेत छन् ।
प्रहरीले उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनी पनि नेपाली मुलका भारतीय हुन्। कर्णेललाई प्रहरीले पक्राउ गरेर मंगलबार अदालतमा हाजिर गराएको छ।
अदालतले आरोपी लेफ्टिनेन्ट कर्नेललाई १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ। उत्तराखण्ड प्रहरीले ती युवतीको नेपालस्थित परिवारजनको खोजी गरिरहेको छ।
घटनाको ७२ घण्टापछि श्रेयाको बुधवार पोस्टमार्टम गरिएको छ। यदि उनका परिवारजन नआएमा उत्तराखण्ड प्रहरी आफैंले शवको अन्तिम संस्कार तयारी गरेको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





