आज शोक विदा, भद्र र शालिन नेता नेम्वाङको पार्थिव शरीर विदाई गरिँदै

२०८० भाद्र २८ गते, बिहीबार

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ आज गरिने भएको छ । उनको हिन्दु लिम्बु परम्परा अनुसार पशुपति आर्यघाटमा विहान ११ बजे अन्त्येष्टि गर्न लागिएको हो । नेम्वाङको निधनमा शोक मनाउन सरकारले आज शोक विदासमेत दिएको छ ।

शालिन र भद्र स्वभावका राजनीतिज्ञ नेम्वाङको मंगलबार राती १ बजे हृदयघातका कारण निधन भएको थियो । सोही दिन श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार १ बजे बालुवाटारस्थित निवासमा लगिएको छ । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । पार्टी कार्यालयमा नेता नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत नेता तथा कार्यकर्ता एवं सर्वसाधारण पुगेका थिए ।
बालुवाटारस्थित निजी निवासको शौचालयभित्र वेहोस भेटिएका नेम्वाङलाई त्रि.वि. शिक्षण अस्पतालका डाक्टरहरुले मृत घोषित गरेका थिए । संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेम्वाङको निधनले परिवर्तनलाई संस्थागत गर्न चाहने शक्तिहरु शोकमग्न बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतले पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी भएको बताउँदै लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पु¥याउनु भएको योगदान सधैँ सम्झिरहने उल्लेख गरेका छन् । उनको पार्टी नेकपा एमालेले पार्टी उपाध्यक्ष नेम्बाङको निधनबाट नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्बाङले पार्टी, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दैै विशेष शोक प्रस्ताव पारित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार उपाध्यक्ष नेम्बाङको निधनमा तीन दिन शोक मनाउने निर्णय पार्टीले गरेको छ । ज्ञवालीका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय तथा इलाम–२ मा शोक पुस्तिका राखिने छ । उनले पार्टी र पार्टी सम्बद्ध जनसंगठनका औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गरिएको उनले बताए ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।
२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।

उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal