सीमान्तकृत समुदायका बालिकाहरूको अधिकारसम्बन्धी आधार पत्र सार्वजनिक

२०८० जेष्ठ २९ गते, सोमबार

काठमाडौं । सीमान्तकृत समुदायका बालिकाहरूको अधिकार सम्बन्धी आधार पत्र सार्वजनिक गरिएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रमम आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, मुस्लिम आयोगका सदस्यद्वय महमदिन अली र मोहमद समशुल हक तथा गैरसरकारी संस्था हामी दाजु भाइका महासचिव अशोक शिवाकोटीले संयुक्त रुपमा सो पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले आवश्यक स्रोत साधनको अभावमा बालबालिकाको क्षेत्रमा काम गर्न नसकेको बताए ।
यस्तै मुस्लिम आयोगका सदस्य हकले सीमान्तकृत समुदायका वयस्क व्यक्तिहरु नै समस्यामा पर्ने गरेको भन्दै यस्तो समुदायका बालिकाहरु झनै जोखिमा रहेको बताए ।

मुस्लिम आयोगका अर्का सदस्य अलीले सीमान्तकृत समुदायका बालिकाको हक अधिकार सुनिश्चित गर्न आफूहरुले सक्दो गर्ने प्रतिवद्धता पनि जनाए । राज्यले आयोगलाई छुट्याउने बजेटमा ब्यापक रुपमा कटौती गरेका कारण पनि सिमान्तकृत बालिका तथा किशोरीहरूका लागि कार्यक्रम सञ्चालन गर्न नसकिएको गुनासोसमेत गरेका थिए।
प्लान इन्टरनेशनलको सहयोगमा हामी दाजु भाइका लागि यो आधार पत्र प्रणिका कोयु र रुक्मणी महर्जनले तयार पारेका हुन् ।
कोयुले आधारपत्र तयार पार्ने क्रममा सीमान्तकृत समुदायका केहीसँग भेटघाट गरेको जानकारी दिँदै सीमान्तकृत समुदायका बालिका आफ्नो अधिकारबाट वञ्चित रहेको पाइएको बताइन् ।

दाजु भाइका महासचिव अशोक शिवाकोटीले अधिकार विहीन बालिकाहरूको अधिकार सुनिश्चित गर्नका लागि यो आधार पत्रले सरोकारवाला निकायलाई दबाव दिने विश्वास व्यक्त गरे ।

हामी दाजुभाइ नेपालमा लैङ्गिक समानताका लागि विशेष गरी पुरुष र पुरुषत्व, लिङ्ग र लैङ्गिकताका बारे पुरुष तथा बालकहरुसंग समेत काम गर्दै आएको सामाजिक संस्था हो।

240 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal