प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भयोः शेखर कोइराला

२०७९ माघ ८ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती भएको बताएका छन् ।

संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले थपे, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal