चिनियाँ राजदूत यान्छीले भनिन् । मेरो कार्यकाल सकियो ।नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु

२०७९ कार्तिक ९ गते, बुधबार

काठमाडौं= ८, कात्तिक । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेको र छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन् ।

 

नेपालमा रहँदा आफूप्रति देखाएको माया र सदभावका लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन् । सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्योअनुभव र माया बोकेर जान लागेको बताएकी छन् ।

 

 

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन् । चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ ।

 

होउ यान्छी फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने भन्नेबारे चीन सरकारले कुनै निर्णय गरेको छैन । यान्छी सन् २०१८ :डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् । उनले असोजमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवा देखि राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइ भेट गरेकी थिइन् ।

 

 

 

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal