फिल्म (नालापानी)को प्रतिक्रिया फिल्म हेर्दा हेर्दै खु,कुरी भएको भए पर्दामै हानौं जस्तो महसुस भयो।
शुक्रवारदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म नालापानीहेर्दा हेर्दा एकदमै जोस जाँगर जागृत भएको प्रतिक्रिया दर्शकहरूले दिएका छन् । उनीहरूले मातृभूमिको रक्षाको लागि प्राण त्याग्न तयार वीर नेपालीहरूको गौरवगाथा फिल्ममा हेर्न पाउनु अहोभाग्य रहेको बताएका छन् । शुक्रवार विभिन्न हलहरूमा फिल्म हेरेका दर्शकहरूले बलभद्र जस्ता महान् योद्धाहरूको कारण आज हामीले सार्वभौम सम्पन्न नेपाली भनेर गर्व गर्न पाइरहेको महसुस गरेको बताए ।
त्यस्तै, शुक्रवार साँझ काठमाडौँमा अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, कलाकार निर्मल शर्मा तथा फिल्मको टिम र पत्रकारहरूले नालापानीहेरेर प्रतिक्रिया दिएका छन् ।
अभिनेता रमेश उप्रेतीले यदि हामी सच्चा नेपाली हौँ र हाम्रा वीर पुर्खाहरूको योगदानलाई सम्मान गर्न चाहन्छौँ भने हामीले एक पटक यो फिल्म हेर्नुपर्ने बताए । जसले नेपाली भनेर गौरव महसुस गर्नुहुन्छ, सबैले हेर्नुपर्ने उनको भनाई थियो । उप्रेतीले हामीले पुस्तकमा पढ्दा थाहा नभएका कैयन कुराहरू पनि यो चलचित्रमा देख्न सकिने बताए ।
निर्देशक दीपाश्री निरौलाले आफूले मुटु दह्रो बनाएर यो फिल्म हेरेको बताइन् । ‘ऐतिहासिक कुराहरूलाई फिल्ममा ल्याउन र यसलाई हलमा बसेर हेर्न पनि दह्रो मुटु चाहिन्छ । यसलाई व्यापक बनाउन आफूले साथ दिनेछौँ’ उनले बताइन् ।
अभिनेता दीपकराज गिरीले यो फिल्मलाई आँखाले नभई मनले हेर्नुपर्ने बताए । उनले भनेहाम्रो यति गर्विलो इतिहास हुँदा हुँदै पनि हामीले चाहेको जसरी ती कथाहरूलाई पर्दामा देखाउन सक्दैनौँ । यो फिल्मको निर्माणपक्षले त्यो प्रयास गरेको छ जुन अत्यन्त दह्रो इतिहास बनेर बसेको छ ।
निर्देशक उज्ज्वल घिमिरेले फिल्मले नालापानी युद्धको कथा पूर्ण गरेको बताए । निर्माता अशोक शर्माले नेपालमा बनेका थुप्रै ऐतिहासिक फिल्महरू भन्दा यो फिल्म धेरै राम्रो बनेको उल्लेख गरे । उनले भने यो फिल्मलाई मनोरञ्जनको रूपमा मात्र हेरिनु नहुने जिकिर गरे । उनले भनेआज हामी नेपाली भनेर बाँच्ने आधार कसरी बनेको थियो भन्ने थाहा पाउन हरेक नेपालीले यो फिल्म हेर्नैपर्छ ।
कलाकार निर्मल शर्माले आफूले तीन पटक यो फिल्म हेरेको बताए । उनले एक नेपाली हुनुको गर्व राष्ट्रियताको कुरा र आफ्नो भूमि रक्षाको लागि त्यो समयमा नेपाली सेना र बलभद्रले गरेको साहसलाई बिर्सन नदिने गरी यो फिल्म बनेको हुँदा पाठ्यक्रमको एउटा सामग्रीको हिसाबले राखिनुपर्ने विचार राखे ।
नेपाल अङ्ग्रेज युद्धका बडाकाजी अमरसिंह थापाको भूमिका निर्वाह गरेका अभिनेता अर्जुनजंग शाहीले यस फिल्ममा निर्देशक रिमेश अधिकारीको मेहनतको प्रशंसा गरे । अभिनेत्री पुजना प्रधानले दर्शकले आफ्नो इतिहास भनेर हेरेको र अत्यन्त मन परेको प्रतिक्रिया पाएको बताइन् ।
ब्रिटिस सेनाका क्याप्टेन बनेका अभिनेता विशाल पहारीले यो फिल्म हेर्दा त्यो पात्र आफू नै हो भन्ने महसुस नै नगरेको बताए । उनले भनेफिल्म हेरिरहँदा आफैले निभाएको पात्रलाई साँच्चिकै दुस्मनको रूपमा देखेँ । फिल्म हेर्दा हेर्दै खुकुरी भएको भए पर्दामा नै हानौंजस्तो महसुस भयो । निर्देशक अधिकारीले दर्शकले एकदमै रुचाएको प्रतिक्रिया दिए । उनले आफूले फिल्म बनाएर बोल्नुपर्ने सबै बोलिसकेको र सबै नेपालीले हेर्नुपर्ने बताए ।
ताजा
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
२०८३ जेष्ठ १३ गते, बुधबार
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
२०८३ जेष्ठ १३ गते, बुधबार
बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
२०८३ जेष्ठ १३ गते, बुधबार
पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन
२०८३ जेष्ठ १३ गते, बुधबार
‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स
२०८३ जेष्ठ १३ गते, बुधबार
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
२०८३ जेष्ठ १३ गते, बुधबार
तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल
२०८३ जेष्ठ १३ गते, बुधबार
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना
२०८३ जेष्ठ १० गते, आईतवारशिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने
२०८३ जेष्ठ १० गते, आईतवारवैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका
२०८३ जेष्ठ १० गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





