शनिबार बगर ले ब,गाएर बे,पत्ता भएका शिक्षक २२ घण्टापछि छ्यादी खोलाको भि,रमा यस्तो अवस्थामा भेटिए,

२०७९ आश्विन २ गते, आईतवार

शनिबार बगर ले बगाएर बे,पत्ता भएका शिक्षक २२ घण्टापछि छ्यादी खोलाको भि,रमा यस्तो अवस्थामा भेटिए ।

हेलम्बु गाउँपालिका-१ सर्कथली छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षकको २२ घण्टापछि आइतबार जीवितै उद्धार गरिएको छ ।

हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा साथीसहित नुहाउन गएका स्थानीय विद्यालयका शिक्षक केशव सिवाकोटीलाई खोलाले शनिबार दिउँसो बगरबाट ब,गाएको थियो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार दोलखा कालिञ्चोक-३ का स्थानीय सिवाकोटी स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आएका थिए ।

शनिबार एक्कासी खोलामा चिप्लिएर उनी ख,सेर हराएपछि प्रत्यक्षदर्शी शिक्षक र स्थानीयले आफूलाई खबर गरेको र आफूले सुरक्षाकर्मीलाई खबर गरेर खोजी कार्यमा लागेको बताए ।

‘छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुंगाको कापबाट उनलाई सकुशल उद्धार गरिएको छ‚शेर्पाले भने । शिक्षकको जीवन बँचाएको भन्दै स्थानीय गाउँलेले सुरक्षाकर्मी, शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

शनिबार बे,पत्ता शिक्षक नभेटिएपछि आस मा,रेका स्थानीय र शिक्षकका परिवारले छ्यादी भिरबाट आइतबार बिहान ५ बजे ‘बचाउ‚ बचाउ; गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए ।

तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भि,रमा खटिएका थिए ।

उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर अहिले कठमाडौं लगिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए ।

 

 

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal