Home यी नै हुन् अछाममा पहिरोमा पुरीएर ज्या’न गुमाएका एकै घरमा ५ जना !
अछामको तीनवटा पालिकामा पहिरोमा परी मृ’त्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला।
अधिकारी दिपेश रिजालले जानकारी दिए।उनका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ भने कमलबजार ६ ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ।ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृ,त्यु भएको छ।
तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ। अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका रिजालले बताए।
तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्।मृ,तकहरुको सनाखत कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए। उनका अनुसार बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ।Õ