टुकुचा खोल्न ५८८ वटा घरमा डोजर चल्दै, स्याबास बालेन तिम्रो हिम्मतलाई स्यालुट छ भन्दै चौतर्फी प्रसंसा

२०७९ आश्विन २ गते, आईतवार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कामको एक पछि अर्को प्रशंसा चुलिरहेको छ। भूमाफियाहरुको कब्जामा परेर बर्षौ देखी हराइरहेको टुकुचा खोलाको खोजीमा डोजर चलाए पछि बालेनको चर्चा फेरी शिखरमा पुगेको छ।

 

 

भूमाफियाहरुले खोलै गायब बनाएर गरेको कालो धन्दा बालेनले छताछुल्ल पारिदिएका छन्। टुकुचा खोला खोज्ने बालेनको हिम्मतलाई मान्ने पर्छ भन्दै विरोधीहरुले समेत प्रशंसा गर्न थालेका छन्। केहि दिन अघि जय नेपाल हलको आगनमा डोजर चलाएर काठमाडौँ महानगरपालिकाले पुरीएको टुकुचा खोला फेला पारे पछि अहिले यहि बिषयले बजार तताएको छ।

 

 

महानगरले अहिले मिचिएको खोला खुलाउन सक्रिय भएको छ। टुकुचा खोला पत्ता लागेसँगै मिचिएको ४ सय ५० मिटर खोला पहिलेकै अवस्थामा फर्किन्छ त? अहिले जहाँ खोला भेटिएको छ, त्यहाँ ठूला-ठूला व्यापारिक भवनहरु छन्। अहिले थोरै मात्र भेटिएको खोला त्यतिकै छोड्ने कि सुरुदेखि नै मिचिएको ठाउँबाट खाली गराउने भन्ने चुनौती महानगरलाई छ।

 

 

जय नेपालहलदेखि काठमाडौं प्लाजासम्म ४ सय ५० मिटर खोला गायब छ। काठमाडौंमा महानगरपालिकाका यसअघिका नेतृत्वलाई खोला गायव भएको थाहा नभएको होइन। विगतमा पटकपटक खोला भएको संरचना हटाउन महानगरले भनेको थियो। तर यसमा गम्भीर ताकेता गर्न सकेन।

 

महानगरमा बालेन साह आएपछि टुकुचाको खोजीमा जुटेका हन्। महानगरले सूचना जारी गरेर टुकुचा खोलाको अतिक्रमण खुलाउन समय दिएको थियो। सूचना जारी गरेलगत्तै साहले खोला कहाँबाट मिचिएको हो भनेर विज्ञहरुसँग छलफल गरेका थिए। त्यही क्रममा शहरी विकास मन्त्रालयको उपत्यका विकास प्राधिकरणले करिडोर बनाउन अध्ययन गरेको थियो।

 

मेयर बालेनको सचिवालय सदस्य सुनिल लम्सालले सुरुमा खोला कतादेखि मिचिएको हो भन्नेमा धेरै अलमलमा परेको बताए।उनले भने हिजो हामीले फर्स्ट फेजमा टुकुचा छ कि भनेर जहाँ टि मार्क गरेका थियौं त्यहाँ नै खन्दा भेटियो।

 

महानगरले जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म (४ सय ५० मिटरमा) मिचिएको ठाउँमा पर्ने घरहरुलाई खाली गर्न सूचना दिइसकेको छ। अहिले महानगरले खोलामा पर्ने घरहरुमा रेखांकन गर्दैछ। रेखांकन गरिसकेपछि साइट क्लियर गरिने सचिवालय सदस्य लम्सालले बताए।

 

 

अब टुकुचा खाली नहुँदासम्म काम निरन्तर चल्ने लम्सालले बताए। अब घरहरु प्वाल पार्नुपर्यो। भित्ताहरु फोड्नुपर्यो। मेसिनले भत्कायो भने घर नै ढल्ला। खोला हामीले पुरै खोल्छौं। खोला पूर्ववत अवस्थामा नै फकाउँछौं। त्यसमा हामी दृढ छौं। उनले भने।

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal