टुकुचा खोल्न ५८८ वटा घरमा डोजर चल्दै, स्याबास बालेन तिम्रो हिम्मतलाई स्यालुट छ भन्दै चौतर्फी प्रसंसा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कामको एक पछि अर्को प्रशंसा चुलिरहेको छ। भूमाफियाहरुको कब्जामा परेर बर्षौ देखी हराइरहेको टुकुचा खोलाको खोजीमा डोजर चलाए पछि बालेनको चर्चा फेरी शिखरमा पुगेको छ।
भूमाफियाहरुले खोलै गायब बनाएर गरेको कालो धन्दा बालेनले छताछुल्ल पारिदिएका छन्। टुकुचा खोला खोज्ने बालेनको हिम्मतलाई मान्ने पर्छ भन्दै विरोधीहरुले समेत प्रशंसा गर्न थालेका छन्। केहि दिन अघि जय नेपाल हलको आगनमा डोजर चलाएर काठमाडौँ महानगरपालिकाले पुरीएको टुकुचा खोला फेला पारे पछि अहिले यहि बिषयले बजार तताएको छ।
महानगरले अहिले मिचिएको खोला खुलाउन सक्रिय भएको छ। टुकुचा खोला पत्ता लागेसँगै मिचिएको ४ सय ५० मिटर खोला पहिलेकै अवस्थामा फर्किन्छ त? अहिले जहाँ खोला भेटिएको छ, त्यहाँ ठूला-ठूला व्यापारिक भवनहरु छन्। अहिले थोरै मात्र भेटिएको खोला त्यतिकै छोड्ने कि सुरुदेखि नै मिचिएको ठाउँबाट खाली गराउने भन्ने चुनौती महानगरलाई छ।
जय नेपालहलदेखि काठमाडौं प्लाजासम्म ४ सय ५० मिटर खोला गायब छ। काठमाडौंमा महानगरपालिकाका यसअघिका नेतृत्वलाई खोला गायव भएको थाहा नभएको होइन। विगतमा पटकपटक खोला भएको संरचना हटाउन महानगरले भनेको थियो। तर यसमा गम्भीर ताकेता गर्न सकेन।
महानगरमा बालेन साह आएपछि टुकुचाको खोजीमा जुटेका हन्। महानगरले सूचना जारी गरेर टुकुचा खोलाको अतिक्रमण खुलाउन समय दिएको थियो। सूचना जारी गरेलगत्तै साहले खोला कहाँबाट मिचिएको हो भनेर विज्ञहरुसँग छलफल गरेका थिए। त्यही क्रममा शहरी विकास मन्त्रालयको उपत्यका विकास प्राधिकरणले करिडोर बनाउन अध्ययन गरेको थियो।
मेयर बालेनको सचिवालय सदस्य सुनिल लम्सालले सुरुमा खोला कतादेखि मिचिएको हो भन्नेमा धेरै अलमलमा परेको बताए।उनले भने हिजो हामीले फर्स्ट फेजमा टुकुचा छ कि भनेर जहाँ टि मार्क गरेका थियौं त्यहाँ नै खन्दा भेटियो।
महानगरले जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म (४ सय ५० मिटरमा) मिचिएको ठाउँमा पर्ने घरहरुलाई खाली गर्न सूचना दिइसकेको छ। अहिले महानगरले खोलामा पर्ने घरहरुमा रेखांकन गर्दैछ। रेखांकन गरिसकेपछि साइट क्लियर गरिने सचिवालय सदस्य लम्सालले बताए।
अब टुकुचा खाली नहुँदासम्म काम निरन्तर चल्ने लम्सालले बताए। अब घरहरु प्वाल पार्नुपर्यो। भित्ताहरु फोड्नुपर्यो। मेसिनले भत्कायो भने घर नै ढल्ला। खोला हामीले पुरै खोल्छौं। खोला पूर्ववत अवस्थामा नै फकाउँछौं। त्यसमा हामी दृढ छौं। उनले भने।
ताजा
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा
२०८३ जेष्ठ १५ गते, शुक्रबार
चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव
२०८३ जेष्ठ १५ गते, शुक्रबार
दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आज बजेट सार्वजनिक हुँदै
२०८३ जेष्ठ १५ गते, शुक्रबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ जेष्ठ १४ गते, बिहीबार
आज बकर इदः देशभर सार्वजनिक बिदा
२०८३ जेष्ठ १४ गते, बिहीबार
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
२०८३ जेष्ठ १३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





