देशभरकै १६औं उत्कृष्ठ विद्यालयमा विश्व निकेतन मावि

२०७९ आश्विन २ गते, आईतवार

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मावि देशभरकै उत्कृष्ठ १६ औं विद्यालय घोषित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मूल्यांकनमा यो विद्यालय १६औं स्थानमा आउन सफल भएको हो । देशभरका निजी र सामुदायिक विद्यालयको मूल्यांकन गर्दा यो विद्यालय काठमाडौं जिल्लाको दोश्रो उत्कृष्ठ विद्यालय बनेको छ ।
४ हजार ८ सय ६७ विद्यालयको मूल्यांकन परीक्षण केन्द्रले गरेको थियो । विश्व निकेतनले ८७.०३ नम्बर पाएको छ । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, शुभचिन्तक, समुदाय र अन्यको सहयोगमा विद्यालयले प्रगति गरेको बताए । प्रधानाध्यापक कँडेलले आगामी दिनमा पनि विद्यालयलाई उत्कृष्ठ बनाउँदै लाने प्रतिबद्धता जनाए । परीक्षण केन्द्रले भदौ २३ गते यो नतिजा सार्वजनिक गरेको हो ।
२००३ साल माघ १९ गते स्थापना भएको यो विद्यालयमा अहिले ४ हजार ६ जना विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक कँडेलले विद्यालय उत्कृष्ठ घोषित भएपछि सरकारले केही सहुलियत दिने बताए । विद्यार्थीको संख्या, भौतिक पूर्वाधार, नियमित पठनपाठन, विद्यालयको वातावरण, कक्षा कोठाको अवस्था लगायतको मूल्यांकन गरेर परीक्षण केन्द्रले यो नतिजा प्रकाशन गरेको हो । प्रधानाध्यापक कँडेलले सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन आफू लागिपरेको बताएका छन् । ‘नियमित रुपमा विद्यार्थीहरु भर्नाका लागि आउँछन् सबै विद्यार्थीलाई भर्ना लिन सम्भव छैन’ प्रधानाध्यापक कँडेलले भने ‘धेरै दुःख र संघर्ष गर्दै यहाँसम्म आएका छौं, अबको दिनमा पनि यो विश्वासलाई थप मजबुद बनाउँदै लैजाने छौं ।’

369 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal