देशभरकै १६औं उत्कृष्ठ विद्यालयमा विश्व निकेतन मावि
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मावि देशभरकै उत्कृष्ठ १६ औं विद्यालय घोषित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मूल्यांकनमा यो विद्यालय १६औं स्थानमा आउन सफल भएको हो । देशभरका निजी र सामुदायिक विद्यालयको मूल्यांकन गर्दा यो विद्यालय काठमाडौं जिल्लाको दोश्रो उत्कृष्ठ विद्यालय बनेको छ ।
४ हजार ८ सय ६७ विद्यालयको मूल्यांकन परीक्षण केन्द्रले गरेको थियो । विश्व निकेतनले ८७.०३ नम्बर पाएको छ । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, शुभचिन्तक, समुदाय र अन्यको सहयोगमा विद्यालयले प्रगति गरेको बताए । प्रधानाध्यापक कँडेलले आगामी दिनमा पनि विद्यालयलाई उत्कृष्ठ बनाउँदै लाने प्रतिबद्धता जनाए । परीक्षण केन्द्रले भदौ २३ गते यो नतिजा सार्वजनिक गरेको हो ।
२००३ साल माघ १९ गते स्थापना भएको यो विद्यालयमा अहिले ४ हजार ६ जना विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक कँडेलले विद्यालय उत्कृष्ठ घोषित भएपछि सरकारले केही सहुलियत दिने बताए । विद्यार्थीको संख्या, भौतिक पूर्वाधार, नियमित पठनपाठन, विद्यालयको वातावरण, कक्षा कोठाको अवस्था लगायतको मूल्यांकन गरेर परीक्षण केन्द्रले यो नतिजा प्रकाशन गरेको हो । प्रधानाध्यापक कँडेलले सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन आफू लागिपरेको बताएका छन् । ‘नियमित रुपमा विद्यार्थीहरु भर्नाका लागि आउँछन् सबै विद्यार्थीलाई भर्ना लिन सम्भव छैन’ प्रधानाध्यापक कँडेलले भने ‘धेरै दुःख र संघर्ष गर्दै यहाँसम्म आएका छौं, अबको दिनमा पनि यो विश्वासलाई थप मजबुद बनाउँदै लैजाने छौं ।’
ताजा
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





