महराले फेरे चुनावी छेत्र, यहाँ बाट ल,ड्नेछन भयो सबैलाई सरप्राइज,

२०७९ आश्विन १ गते, शनिबार

माओवादीद्वारा दाङ १ मा ३ जना, (क) मा ४ जना र (ख) मा ८ जनाकाे नाम सिफारिस घाेराही, ३० भदाैं । नेकपा (माओवादी केन्द्र) ले दाङ निर्वाचन क्षेत्र नं १ मा तीन जनाकाे नाम सिफारिस गरेकाे छ ।

दाङ निर्वाचन क्षेत्र नं १ समन्वय समितिको आज बसेकाे बैठकले प्रतिनिधिसभामा कृष्णबहादुर महरा, नारायणी शर्मा र लुमबहादुर कार्कीकाे नाम सिफारिस गरेकाे माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे ।

बैठक माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रजित थारूकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।माओवादीले सिफारिस गरेकाे नामावली प्रतिनिधि सभा क्षेत्रतर्फ १- कृष्ण बहादुर महरा २-नारायणी शर्मा (प्रतीक्षा) ३-लुमबहादुर कार्की (बद्री) प्रदेश क्षेत्र न: १ को (क)तर्फ
१-इन्द्रजित थारु (ब्राईन) २-लुमाकान्ता न्यौपाने (सागर) ३-बिरेन्द्र चौधरी ४-धर्मराज अधिकारि प्रदेश क्षेत्र न:१को (ख)तर्फ

१-दामा शर्मा २-रामप्रसाद घिमिरे ३-वसन्त राज अधिकारि ४-बाबुराम चौधरी ५-कालुराम चौधरी ६-गंगा पाण्डे ७-भिम बहादुर वलि ८- प्रकाश चाैधरी

दाङमा शुरू भयाे माओवादी प्रवेशकाे लहर, जसपाको जिल्ला समिति नै माओवादीमा समाहित
जनता समाजवादी पार्टी (जसपा) को दाङ जिल्ला समिति कमिटि नेकपा मााओवादी केन्द्रमा समाहित भएको छ ।

जसपाको दाङ जिल्ला समिति एकसय ५३ सदस्यीय रहेकोमा एकसय ३० जना भन्दा बढीको संख्यामा माओवादीमा प्रवेस गरेको जसपा दाङका अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिनुभयो ।

जसपा जिल्ला अध्यक्ष होमप्रसद शर्मा, उपाध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, जिल्ला सचिव लक्ष्मी चौधरी सहितको जसपाको जिल्ला कार्यसमिति माओवादीमा समाहित भएको हो । यस्तै जसपाका केन्द्रिय सदस्य टोपवहादुर कार्की, प्रकाश चौधरी पनि माओवादी केन्द्रमा प्रवेस गर्नुभएको छ ।

नव प्रवेसीहरुलाई नेकपा माओवादी कैनद्रका केन्द्रिय उपाध्यक्ष कृष्णवहादुर महराले स्वागत गर्नुभएको छ । नयाँ प्रवेसीलाई स्वागत गर्दै महराले माओवादीमा प्रवेस गर्दा गौरव गर्न आग्रह गर्नुभयो ।

सबै नयाँ प्रवेसीलाई पार्टीमा उचित जिम्मेवारी दिने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, नव प्रवेसी साथिहरुलाई जिम्मेवारी दिन कन्जुस्याई नगर्नू सबैलाई आ आफ्नौ हैसियत अनुसारको जिम्मेवारी दिनुस ।

पार्टी प्रवेस कार्यक्रम तथा क्षेत्रीय बैठकको प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष महराले गठबन्धनका विचमा सिटबाँडको विषय अन्तिम चरणमा प्रवेस गरेको पुगेको बताउनुभयो ।

नेता महराले प्रतिनिधिसभाको लागि हाल सम्म एकसय सिटको बाँठफाँड टुङगिसकेको बताउनुभयो । उहाँका अनुसार दाङको तीनवटै क्षेत्रमा नेपाली काङग्रेस र माओवादीको विचमा सहमति भएको भएपनि नेकपा एकिकृत समाजवादीलाई पनि सम्मानजनक सिट मिलाउँदा समय लागेको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले माओवादीले उठान गरेका मुद्धा धेरै सम्बोधन भएको बाँकी विषयलाई माओवादी आन्दोलन थप विषय पूरा गर्दै जाने बताउनुभयो ।

शनिवार लमहीमा भएको पार्टी प्रवेस कार्यक्रममा एकसय ६६ जना जसपाका पार्टी परित्याग गरी माओवादीमा प्रवेस गरेको माओवादी दाङ जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार माओवादीले जिल्लामा घर फर्क अभियान संचालन गरि माओवादी छाडेर अन्य पार्टीमा पुगेकालाई फर्काउने अभियान समेत संचालन भएको छ ।

माओवादी दाङमा आफ्नै घर फर्काै अभियान शुरू नेकपा (माओवादी केन्द्र) दाङमा आफ्नै घर फर्काै अभियान शुरू भएकाे छ ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal