बालेनले चालेको ‘बोल्ड कदम’ छिनभरमै सामाजिक सञ्जालमा छायो, जनता भन्छन बालेन प्रधानमन्त्री बनेको हेर्ने मन छ।’

बालेनले सोमबार चालेको ‘बोल्ड कदम’ छिनभरमै छायो सामाजिक सञ्जालमा, ९० प्रतिशतले भनेः ’बालेन प्रधानमन्त्री बनेको हेर्ने धोको छ’।
आइतबार इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएको उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले भक्तपुर नपा २ ब्यासीस्थित नगरपालिका सभाकक्षमा उनीहरूको स्वागतमा एक कार्यक्रम आयोजना गर्यो।
उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगोअंकित परम्परागत खादा र महिला अतिथिलाई सुर्केथैली उपहारसहित स्वागत गरे। सो कार्यक्रममा काठमाडौं महानगरपालिका लोकप्रिय मेयर बालेन साहको समेत उपस्थिती रहेको थियो ।
बालेन प्रायः सार्वजनिक कार्यक्रममा सरिक हुदैनन् र भएपनि सितिबिती सम्बोधन गर्दैनन् । बालेनले बोलेका हरेक लाइन बोल्ड र घतलाग्दा हुन्छन् ।
उनले बोलेका कुराहरु छिनभरमै सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् । बालेनले भक्तपुरको यो कार्यक्रममा भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाइबाट आफू निकै प्रभावित भएको बताउँदै ठेक्कापट्टाबाट हुने सम्पदा र विकास निर्माणका गतिविधिको नियमित अनुगमन हुनुपर्ने धारणा राखे।
विदेशी सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणका रूपमा रहेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताका आधारभूत आवश्यकतामा पर्ने विषयहरूको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिए।
बालेनले बोलेको यो दुई लाइन सामाजिक सञ्जालमा भाइरल नै बन्यो । बालेन देशको प्रधानमन्त्री बनेको हेर्न मन छ भन्दै धेरैले टिप्पणी गरे ।
यसैबीच, सोमबार बालेनले चालेको एक कदमले उनको चर्चा नयाँ उचाइमा पुगेको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्रले नगर प्रहरीलाई गलत काम नगर्न निर्देशन दिएका छन् । आज सोमवार भएको एक कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
मेयर शाहले विगतमा भएका कमजोरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गरे ।
उनले भने , गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ । गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएको छ ।
हामी धर्म र पापमा विश्वास गर्छाैँ । गलत गरेर कमाएको धन, पाप धुरीबाट कराउँछ भनेजस्तै यो कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस् ।’
यस्तै मेयर साहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनुपर्ने पनि बताए । उनले प्रहरी संस्था सबै समान भएको बताउँदै नगर प्रहरीलाई पनि त्यसैअनुसारको बनाउने बताए ।
आफ्नो छोटो सम्बोधनमा बालेनले नेपाल प्रहरीबाट केही जनशक्ति नगरप्रहरीमा थप्न खोजिएकोमा सफल नभएको बताए ।
‘हामीले नेपाल प्रहरीबाट ल्याउन खोज्दा नगर प्रहरीभन्दा हामी माथि हौं भन्ने भावना देखियो’ उनले भने ‘तपाईंहरुले आगामी दिनमा फिटनेसदेखि विभिन्न पक्षहरुमा सुधार ल्याएर आफ्नो सवलीकरणमा लाग्नुस् ।
यसका लागि आवश्यक सहयोग महानगरले गर्न तयार छ ।’ साहले अनुशासनमा रहेर काम गर्न नगरप्रहरीलाई आग्रह गरे । बालेनको यो कदमपछि उनले दिएको निर्देशनवाला भिडियो क्लीप छिनभरमै सामाजिक सञ्जालमा छायो ।
सामाजिक सञ्जालमा यो भिडियो सेयर र समर्थन गर्दै आएका प्रतिक्रियामध्ये ९० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ताले बालेन देशको प्रधानमन्त्री बनेको हेर्ने धोको भएको प्रतिक्रिया दिएका छन् र टिप्पणी गरेका छन् ।
ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा
२०८२ बैशाख १७ गते, बुधबार
पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा
२०८२ बैशाख १७ गते, बुधबार
नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित
२०८२ बैशाख १७ गते, बुधबार
राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
शिक्षक आन्दोलन आज पनि जारी रहने
२०८२ बैशाख १६ गते, मंगलवार
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
२०८२ बैशाख १६ गते, मंगलवार
सुरु भयो जानकी जन्मोत्सव
२०८२ बैशाख १६ गते, मंगलवार
वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक
२०८२ बैशाख १६ गते, मंगलवार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार