बालेनले चालेको ‘बोल्ड कदम’ छिनभरमै सामाजिक सञ्जालमा छायो, जनता भन्छन बालेन प्रधानमन्त्री बनेको हेर्ने मन छ।’

२०७९ आश्विन १ गते, शनिबार

बालेनले सोमबार चालेको ‘बोल्ड कदम’ छिनभरमै छायो सामाजिक सञ्जालमा, ९० प्रतिशतले भनेः ’बालेन प्रधानमन्त्री बनेको हेर्ने धोको छ’।

आइतबार इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएको उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले भक्तपुर नपा २ ब्यासीस्थित नगरपालिका सभाकक्षमा उनीहरूको स्वागतमा एक कार्यक्रम आयोजना गर्यो।

उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगोअंकित परम्परागत खादा र महिला अतिथिलाई सुर्केथैली उपहारसहित स्वागत गरे। सो कार्यक्रममा काठमाडौं महानगरपालिका लोकप्रिय मेयर बालेन साहको समेत उपस्थिती रहेको थियो ।

बालेन प्रायः सार्वजनिक कार्यक्रममा सरिक हुदैनन् र भएपनि सितिबिती सम्बोधन गर्दैनन् । बालेनले बोलेका हरेक लाइन बोल्ड र घतलाग्दा हुन्छन् ।

उनले बोलेका कुराहरु छिनभरमै सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् । बालेनले भक्तपुरको यो कार्यक्रममा भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाइबाट आफू निकै प्रभावित भएको बताउँदै ठेक्कापट्टाबाट हुने सम्पदा र विकास निर्माणका गतिविधिको नियमित अनुगमन हुनुपर्ने धारणा राखे।

विदेशी सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणका रूपमा रहेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताका आधारभूत आवश्यकतामा पर्ने विषयहरूको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिए।

बालेनले बोलेको यो दुई लाइन सामाजिक सञ्जालमा भाइरल नै बन्यो । बालेन देशको प्रधानमन्त्री बनेको हेर्न मन छ भन्दै धेरैले टिप्पणी गरे ।

यसैबीच, सोमबार बालेनले चालेको एक कदमले उनको चर्चा नयाँ उचाइमा पुगेको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्रले नगर प्रहरीलाई गलत काम नगर्न निर्देशन दिएका छन् । आज सोमवार भएको एक कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

मेयर शाहले विगतमा भएका कमजोरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गरे ।

उनले भने , गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ । गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएको छ ।

 

हामी धर्म र पापमा विश्वास गर्छाैँ । गलत गरेर कमाएको धन, पाप धुरीबाट कराउँछ भनेजस्तै यो कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस् ।’

यस्तै मेयर साहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनुपर्ने पनि बताए । उनले प्रहरी संस्था सबै समान भएको बताउँदै नगर प्रहरीलाई पनि त्यसैअनुसारको बनाउने बताए ।

आफ्नो छोटो सम्बोधनमा बालेनले नेपाल प्रहरीबाट केही जनशक्ति नगरप्रहरीमा थप्न खोजिएकोमा सफल नभएको बताए ।

 

‘हामीले नेपाल प्रहरीबाट ल्याउन खोज्दा नगर प्रहरीभन्दा हामी माथि हौं भन्ने भावना देखियो’ उनले भने ‘तपाईंहरुले आगामी दिनमा फिटनेसदेखि विभिन्न पक्षहरुमा सुधार ल्याएर आफ्नो सवलीकरणमा लाग्नुस् ।

यसका लागि आवश्यक सहयोग महानगरले गर्न तयार छ ।’ साहले अनुशासनमा रहेर काम गर्न नगरप्रहरीलाई आग्रह गरे । बालेनको यो कदमपछि उनले दिएको निर्देशनवाला भिडियो क्लीप छिनभरमै सामाजिक सञ्जालमा छायो ।

सामाजिक सञ्जालमा यो भिडियो सेयर र समर्थन गर्दै आएका प्रतिक्रियामध्ये ९० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ताले बालेन देशको प्रधानमन्त्री बनेको हेर्ने धोको भएको प्रतिक्रिया दिएका छन् र टिप्पणी गरेका छन् ।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal