२० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित,

२०७९ भाद्र ३१ गते, शुक्रबार

जिल्लाको तिलागुफा नगरपालिकामा २० वर्ष उमेर पुग्दा पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई सम्मान गरिएको छ।

जिल्लामा भइरहेको बाल विवाह न्यूनीकरणका लागि सन्देश दिने उद्देश्यले २० जना किशोरीलाई सम्मान गरिएको हो।

राष्ट्रिय बाल दिवसका अवसरमा तिलागुफा नगरपालिकाको वडा नम्बर ६ ले २० वर्ष पूरा भएर नियमित विद्यालय आएर अध्ययन गर्ने किशोरीहरूलाई सम्मान गरिएको वडाध्यक्ष प्रवलाल शाहीले बताए।

विहेवारी २० वर्ष पारी भन्ने नारालाई व्यवहारिक रूपमा कार्यन्वयन गर्नका लागि सम्मान कार्यक्रमले थप प्रेरणा दिने उनले बताए।

किर्डाक नेपाल, सेभद चिल्ड्रेन लगायतका गैरसरकारी निकायहरूको समन्वयमा गाउँपालिकाले बाल विवाह न्यूनीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उनले भने, हामी तिलागुफा नगरपालिकालाई नै बाल विवाह मुक्त नगरका रूपमा विकास गर्दैछौँ। यसका लागि सबै वडाहरूमा २० वर्षसम्म विवाह नगरेका, नियमित विद्यालय आउने किशोरीहरूलाई लक्षित गरी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिनेछ।’
तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले तिलागुफाले बालबालिकाका क्षेत्रमा गर्ने लगानी प्रतिफलमुखी बनाउन विद्यालयको व्यवस्थापन, सचेतना लगायतका कामहरू सञ्चालन भइरहेको बताए।

उनले भने, हामी बालमैत्री स्थानीय सरकार सञ्चालनका लागि सम्पुर्ण तयारीहरू गरिरहेका छौँ। यहाँका बालबालिकाहरूले सरकारप्रति गुनासो गर्ने वातावरण बनाउँदैनौँ।

सबै बालबालिका विद्यालयमा ल्याउन खाजा कार्यक्रमलाई पनि प्रभावकारी बनाउन विद्यार्थीको खातामा खाजा रकम पठाउने तयारी गर्दैछौँ।’

जिल्लामा विभिन्न संघ संस्थाहरूको सहयोगमा बाल विवाह वि,रुद्धको अभियान, बालकल्याण अधिकारी नियुक्त, बालबालिका सम्बन्धी स्थानीय नीतिहरू, बालहित कोषको व्यवस्था बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएकाे छ।

बाल हिंसामुक्त वडा घोषणा, बालबालिकामैत्री बजेट, जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग, बालबालिका वि,रुद्ध हुने हिसाको सुनुवाइका लागि निःशुल्क टोल फ्रि नम्बरको व्यवस्था गर्न थालिएको छ।

तीन सय विद्यार्थीलाई निःशुल्क पोसाक वितरण
नेपाली कांग्रेसका युवा नेता धिरेन्द्र थापाले महादेव माध्यामिक विद्यालय रुडुका तीन सय नौ जना बालबालिकाहरूलाई निःशुल्क पोसाक वितरण गरेका छन्।

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal