२० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित,

२०७९ भाद्र ३१ गते, शुक्रबार

जिल्लाको तिलागुफा नगरपालिकामा २० वर्ष उमेर पुग्दा पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई सम्मान गरिएको छ।

जिल्लामा भइरहेको बाल विवाह न्यूनीकरणका लागि सन्देश दिने उद्देश्यले २० जना किशोरीलाई सम्मान गरिएको हो।

राष्ट्रिय बाल दिवसका अवसरमा तिलागुफा नगरपालिकाको वडा नम्बर ६ ले २० वर्ष पूरा भएर नियमित विद्यालय आएर अध्ययन गर्ने किशोरीहरूलाई सम्मान गरिएको वडाध्यक्ष प्रवलाल शाहीले बताए।

विहेवारी २० वर्ष पारी भन्ने नारालाई व्यवहारिक रूपमा कार्यन्वयन गर्नका लागि सम्मान कार्यक्रमले थप प्रेरणा दिने उनले बताए।

किर्डाक नेपाल, सेभद चिल्ड्रेन लगायतका गैरसरकारी निकायहरूको समन्वयमा गाउँपालिकाले बाल विवाह न्यूनीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उनले भने, हामी तिलागुफा नगरपालिकालाई नै बाल विवाह मुक्त नगरका रूपमा विकास गर्दैछौँ। यसका लागि सबै वडाहरूमा २० वर्षसम्म विवाह नगरेका, नियमित विद्यालय आउने किशोरीहरूलाई लक्षित गरी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिनेछ।’
तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले तिलागुफाले बालबालिकाका क्षेत्रमा गर्ने लगानी प्रतिफलमुखी बनाउन विद्यालयको व्यवस्थापन, सचेतना लगायतका कामहरू सञ्चालन भइरहेको बताए।

उनले भने, हामी बालमैत्री स्थानीय सरकार सञ्चालनका लागि सम्पुर्ण तयारीहरू गरिरहेका छौँ। यहाँका बालबालिकाहरूले सरकारप्रति गुनासो गर्ने वातावरण बनाउँदैनौँ।

सबै बालबालिका विद्यालयमा ल्याउन खाजा कार्यक्रमलाई पनि प्रभावकारी बनाउन विद्यार्थीको खातामा खाजा रकम पठाउने तयारी गर्दैछौँ।’

जिल्लामा विभिन्न संघ संस्थाहरूको सहयोगमा बाल विवाह वि,रुद्धको अभियान, बालकल्याण अधिकारी नियुक्त, बालबालिका सम्बन्धी स्थानीय नीतिहरू, बालहित कोषको व्यवस्था बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएकाे छ।

बाल हिंसामुक्त वडा घोषणा, बालबालिकामैत्री बजेट, जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग, बालबालिका वि,रुद्ध हुने हिसाको सुनुवाइका लागि निःशुल्क टोल फ्रि नम्बरको व्यवस्था गर्न थालिएको छ।

तीन सय विद्यार्थीलाई निःशुल्क पोसाक वितरण
नेपाली कांग्रेसका युवा नेता धिरेन्द्र थापाले महादेव माध्यामिक विद्यालय रुडुका तीन सय नौ जना बालबालिकाहरूलाई निःशुल्क पोसाक वितरण गरेका छन्।

99 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal