पाँच पाण्डव’बाट सागर लम्साल (बले) निष्कासित
काठमाडौं । अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ ।
निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा।लि।ले मंगलबार ९चैत २० गते० एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लमसाललाई फिल्मबाट हटाउने र उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन (रि–सुट) गर्ने निर्णय सार्वजनिक गरेको हो ।
विज्ञप्ति अनुसार गत चैत २ गतेदेखि झापा आसपासमा चलचित्रको छायांकन भइरहेको थियो । सागर लम्सालको करिब ९० प्रतिशत दृश्यहरू खिचिसकिएको अवस्थामा यो विवाद बाहिर आएको हो । निर्माण पक्षले अब लमसाल संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने र ती सबै दृश्य फेरि खिच्ने (रि–सुट) स्पष्ट पारेको छ ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार ९० प्रतिशत काम सकिएको कलाकारलाई हटाउँदा फिल्मलाई ठूलो आर्थिक क्षति हुनेछ। यद्यपि, पीडित युवतीको पीडाअघि यो आर्थिक क्षति सामान्य रहेको कम्पनीको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, ‘जघन्य अपराधमा आरोप लागिसकेका जो कोही व्यक्ति पनि हाम्रो फिल्मको सदस्य हुन सक्दैनन् । पाण्डव जस्तो पवित्र नाम र विषयवस्तुमा आधारित भएर समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले बनिरहेको फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागर लम्सालसँगको सम्झौता आजकै मितिबाट रद्द गरिएको छ ।’
निर्माण पक्षले घटनाको सत्यतथ्य जाँचबुझका लागि जोडदार माग गर्दै पीडितले यथाशीघ्र न्याय पाउनुपर्ने बताएको छ । आरोपित लमसालले कानुनी बाटो अपनाउने प्रक्रिया आफ्नै ठाउँमा भए पनि नैतिक रूपमा विवादित भइसकेकाले उनलाई फिल्ममा राखिराख्न उचित नहुने प्रस्तुतकर्ता श्रेष्ठको भनाइ छ ।
बसन्त निरौलाको निर्देशनमा बनिरहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायतका चलेका कलाकारहरूको मुख्य भूमिका रहेको छ। लमसालको ठाउँमा अब कुन कलाकारलाई अनुबन्ध गरिन्छ भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन ।
ताजा
निफमा ‘रसियन फिल्म डेज’ को उद्घाटन
२०८२ चैत्र २० गते, शुक्रबार
निफमा ‘रसियन फिल्म डेज’ को उद्घाटन
२०८२ चैत्र २० गते, शुक्रबार
‘रोल नं १’ को पहिलो पोस्टर सार्वजनिक
२०८२ चैत्र २० गते, शुक्रबार
पाँच पाण्डव’बाट सागर लम्साल (बले) निष्कासित
२०८२ चैत्र २० गते, शुक्रबार
कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप
२०८२ चैत्र २० गते, शुक्रबार
डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित
२०८२ चैत्र २० गते, शुक्रबार
फेसबुक मोनिटाइजेशनमा नेपाली क्रिएटरहरूका लागि मार्गदर्शक अभियान्ता केदार तिमिल्सिना
२०८२ चैत्र २० गते, शुक्रबार
फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य
२०८२ चैत्र २० गते, शुक्रबार
खण्डन पठाइएको सम्बन्धमा
२०८२ चैत्र १९ गते, बिहीबार
आजदेखि एसइई शुरु, पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै
२०८२ चैत्र १९ गते, बिहीबार
आजदेखि ३ दिन रातको समयमा नागढुंगा–मुग्लिन सडक बन्द रहने
२०८२ चैत्र १७ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





