गोविन्द थापाद्वारा समाचारको खण्डन: ‘३० करोड असुली’ आरोप निराधार
उपरोक्त सम्बन्धमा तपाई सम्पादक रहेको dnfkhabar.com अनलाइन सन्चार माध्यमवाट मीति २०८२ फागुन २३ गते ‘चाँगुनारायण नगरपालिका भक्तपुरमा वडाध्यक्ष हारेको व्यक्ति मेयरको स्वकीय सचिवः राप्रपा नेता शाही’ शीर्षकमा प्रकाशित सामाग्रीउपर मेरो ध्यानाकर्षण भएको छ ।
उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहाय अनुसारका बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खन्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु । देहायः dnfkhabar.com अनलाइन सन्बार माध्यमबाट मीति २०८२ फागुन २३ गते ‘चाँगुनारायण नगरपालिका भक्तपुरमा वडाध्यक्ष हारेको व्यक्ति मेयरको स्वकीय सचिवः राप्रपा नेता शाही’ शीर्षक सामाग्री नै कलुषित मनशायबाट प्रेरित र प्रायोजित छ । एउटा नेपाली नागरिकले वडाध्यक्षको उम्मेदवार बनेकै आधारमा कुनै निर्वाचित अधिकारीको सहयोगी बनेर काम गर्न नपाउने कुन कानूनमा लेखेको छः साथै, राष्ट्रिय स्तरका नेता ज्ञानेन्द्र शाहीले मजस्तो सामान्य सामाजिक मानिसलाई यसरी किटेरै तपाईको मिडियामा समाचार बन्ने गरी अभिव्यक्ति दिएको विषय नै कपोलकल्पित हो ।
मैले जानेसम्म शाही स्वयम्ले यो कुरा बोल्दै बोलेको होइनन् र आफूले वोल्दै नबोलेको कुरा समाचार बनेर आएको पनि उहाँलाई जानकारी छैन होला तपाईंको मिडियाले कोही अमुक व्यक्तिबाट प्रभावित भएर मेरो चारित्रिक हत्या गर्नका लागि एक जना राष्ट्रिय नेताको नाम र चरित्र पनि दुरुपयोग गरेको म ठान्दछु । के व्यावसायिक पत्रकारिताको धर्म यस्तै हो ?
यहांको मिडियामा प्रकाशित उक्त समाचारमा मैले स्वकीय सचिवका रुपमा कार्यरत् भएर ३० करोड घोटाला गरेको व्यहोरा पनि एक अमुक कर्मचारीले भनेको भन्दै राखिएको पाएँ । यो लान्छनाको प्रमाण के ? फलानाले भनेको फलानो भ्रष्टाचारी रे भन्ने पनि समाचार हुन्छ, सम्पादक महोदय ? भ्रष्टाचारको छानवीन गर्ने क्षमता र नैतिकता यहांको मिडियासँग छ भने पहिला त्यो गरेर प्रमाणका साथ समाचार छाप्नुहोला । होइन भने यहाँको सामग्रीले मलाई व्यक्तिगत र सामाजिक रुपमा पारेको नोक्सानीको क्षतिपूर्तिनिम्ति तयार हुनुपर्छ । व्यक्तिको चरित्र हत्या फौजदारी प्रकृतिको वारदात हो भन्ने मिडिया चलाउने हिम्मत गर्ने तपाईजस्तो प्रवुद्ध समाचारकर्मीलाई जानकारी नै हुनुपर्छ ।
ताजा
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबार
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ चैत्र २५ गते, बुधबार
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न
२०८२ चैत्र २३ गते, सोमबार
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
२०८२ चैत्र २२ गते, आईतवार
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८२ चैत्र २२ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





