लज्जास्पद हार व्यहोरेपछि सभापतिबाट राजीनामा दिने मुडमा गगन थापा

२०८२ फाल्गुन २६ गते, मंगलवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर नतिजा आएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा आन्तरिक छलफलमा जुटेका छन्। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएपछि नेतृत्व तहमा समीक्षा सुरु भएको हो।

गत पुसमा विशेष महाधिवेशनमार्फत ‘कांग्रेस २.०’ को घोषणा गर्दै निर्वाचनमा होमिएका थापा र शर्मालाई चुनावी परिणामले ठूलो झट्का दिएको छ। कांग्रेस इतिहासमै कमजोर सावित भएर अहिले प्रत्यक्षतर्फ केवल १८ सीटमा खुम्चिएको छ।

कांग्रेससँगै सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति थापा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहसँग करिब १२ हजार मतान्तरले पराजित भएका छन्। त्यसपछि थापामाथि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने दबाब बढ्दै गएको छ।

स्रोतका अनुसार छलफलका क्रममा थापाले पार्टीको पराजयको जिम्मेवारी आफूले लिनुपर्ने भन्दै पदबाट राजीनामा दिने मनस्थिति व्यक्त गरेका छन्। उनले उपसभापति शर्मालाई ‘पार्टीको हारको जिम्मेवारी लिएर पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु’ भन्ने धारणा राखेका थिए।

93 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal