मानसिक शान्तिको लागि मानिसहरू घुमफिर

२०८२ फाल्गुन १० गते, आईतवार

बिष्णु गिरी ‘निश्चल

हरेक घुमफिरले मानिसको जीवनलाई फरक मार्गमा लैजाने र सिक्ने अवसर प्रदान गर्छन तर यसको लागि भ्रमणलाई उद्देश्यमूलक र योजनाबद्ध बनाउनु जरुरी हुन्छ ।
अहिले बाली नेपालीहरूको लोकप्रिय भ्रमण गन्तव्य बनेको छ । नेपालीहरू विशेषतः बिदा मनाउन, हनिमुन मनाउन, परिवारसँग भ्रमण गर्न र रमाइलो गर्नका लागि बाली जाने गरेका छन् ।
कामको शिसलसिलामा पर्बतमा रहेको बेला साथीले फोन गरेर पासर्पोटको कपी माग्नु भयो मैले पनि केही नभनी कपी पठाईदिए पछि थाहा भयो हामी इन्डोनेसियाको बाली जाने रहेछौ । हाम्रो १० जनाको टिम बन्यो त्यसमा एकजना काम परेर जान भ्याउनु भएन हामी ९ जना फागुन १ गते राती काठमाडौंबाट थाईल्याडको बैकक शहरमा विमान परिवर्तन गरेर बाली शहर पुग्यौ । मैले भने धेरै देशको भ्रमण गरेकोले खासै नौलो लागेको थिएन । तर टिममा केही साथी भने पहिलो पटक बैदेशिक यात्रामा जादै हुनुहुन्थ्यो उनीहरुमा छुटै खालको उत्साह थियो । हामी एयरपोटबाट अध्यागमन पास गर्ने बेला त्या कुनै मानिस थिएनन् । प्रबिधिको उच्च्तम प्रयोग गरिएको थियो हामीले मेसिनबाट आफै पासर्पोट स्क्यान गरौ र आफै फोटो खिचरे आफैले अध्यागमनले गर्ने काम गरेर बाली पुग्यौ । हामी पनि साथीहरुबीच रमाईलो गर्न र रिफरेसमेन्टलाई लागि भने पनि हस्पीटालीटि क्षेत्रमा काम गर्ने साथीहरु भएकोले केही कुराहरु सिक्न र बुझने भित्री उदेश्य लिएर बाली पुगेका थियौ । एयरपोट बाट हामी सिधै होटल पुग्यौ तर होटलको ब्यबस्थापन हेर्दा हाम्रो भ्रमण खल्लो होलाकी भन्ने आंशका भए पनि होटलले पछि हामीले चाहे अनुसारकै ब्यबस्थापन गरयो ।


विश्वमा सबैभन्दा धेरै मुसलमान बसोबास गर्ने मुलुक इण्डोनेशिया हो । बाली शहर चाहिँ हिन्दुबहुल समुदायको बसोबास भएको शहर रहेछ । यात्राका क्रममा त्यहाँ पनि वर्णव्यवस्था अनुसारका संस्कार र व्यवहार चलनचल्तीमा रहेको कुरा थाहा भयो । त्यहाँका चोकहरूमा ऋषि व्यासले महाभारतमा व्याख्या गरेका पात्रहरूका सालिक देखिन्छन् । कतै अर्जुन, कतै कृष्ण र अर्जुनका कुरुक्षेत्रमा संवाद गरेका बेलाको दृश्य दर्शाउने सालिकहरू थिए । बालीको ‘कुता’ समुन्द्री किनार र बाटामा पर्ने तीनवटा जति मन्दिर यात्राका क्रममा घुमियो । त्यहाँ मन्दिर क्षेत्र प्रवेश गर्दा शरीरका भाग अनिवार्य रूपमा छोप्नुपर्ने रहेछ । हामी पुगेका मन्दिरहरूमा त्यहाँ उपलब्ध लुङ्गी लगाएर मन्दिर परिसर भ्रमण गर्यौं । त्यहाँका मन्दिरहरू प्यागोडा शैलीकै भए पनि हाम्रो नेपालका मन्दिरहरूमा भन्दा धेरै तला भएका र अग्ला पनि देखियो । केही कुरा सिक्नको लागि, अनुभव गर्नको लागि र खोज अनुसन्धानको लागि मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जाने पुरानो चलन हो । अहिले मुख्यगरी रमाईलोको लागि र मानसिक शान्तिको लागि मानिसहरू घुमफिर गर्ने गर्छन् । कुनै कामले कतै गईरहँदा अनि आफ्नो पेशा, व्यवसाय, बैठक, गोष्ठीको लागि पुग्दा पनि घुमफिर भैरहेको हुन्छ । घुम्नकै लागि एक ठाउँदेखि अर्को ठाउँमा जाँदा होस् वा अन्य उद्देश्यले फरक ठाउँमा जाँदा मानिसहरूले धेरै कुरा देख्न, जान्न, सिक्न र महसुस गर्न सक्छन् । तर, अहिले घुमफिरलाई रमाईलो गर्ने र समय कटाउने अवसरको रूपमा मात्र लिने गरिएको छ । धेरै मानिसहरू भ्रमणबाट फर्किएपछि त्यो ठाउँमा बेकारमा गएछु भन्ने ठान्ने, भ्रमणलाई तस्विरमा मात्र सिमित राख्ने र भ्रमणबाट कुनै फाइदा लिन नसक्ने देखिन्छ । हरेक घुमफिरले मानिसको जीवनलाई फरक मार्गमा लैजाने र सिक्ने अवसर प्रदान गर्छन तर यसको लागि भ्रमणलाई उद्देश्यमूलक र योजनाबद्ध बनाउनु जरुरी हुन्छ ।


इन्डोनेसिया मानिसहरू एकदमै मित्रैलो, धीरजी, शिष्ट र अतिथि–सत्कार गर्नेहरू भनेर चिनिन्छन् । इन्डोनेसियाका मानिसहरू सामान्यतया भात, मसलादार परिकार र फलफूल खाने गर्छन् । हामीले बाली भ्रमण गर्दा बाटोको राम्रो अवस्था, सवारी साधनको उपलब्धता र असमय सवारी रोकिने जोखिम कम भएका कारण बालीमा आएका पर्यटकलाई समयको सदुपयोग गर्न र घुम्न धेरै सोचविचार गरिरहनु नपर्ने महसुस भयो । कतै सवारी रोकिएला, जाममा परिएला र भ्रमण तालिका बिग्रिएला भन्ने कुराको चिन्ता लिनुपर्ने अवस्था देखिएन ।
बालीस्थित उलुवातु मन्दिरलाई प्राचीन हिन्दु संरचनाको उच्चतम नमुनाको रूपमा लिन सकिन्छ । उता, दोस्रो–तेस्रो शताब्दीतिर नै बौद्धधर्मको प्रवेश भइसकेको र आठौं–नवौं शताब्दीतिर आइपुग्दा भने बौद्धकला–संस्कृतिले पनि इन्डोनेसियाली समाज प्रभावित नै हुन पुग्यो । बाली नगर परिक्रमा गर्दा लाग्छ, हिन्दुधर्म–कला–संस्कृतिको यो एक मौलिक संग्रहालय नै हो । धार्मिक–सांस्कृतिक परम्परामा निरन्तरता, विभिन्न माध्यमबाट जलक्रीडा, साहसिक पर्यटन, मुँगाको प्रचुरता, योगा–ध्यानसाधना आदिले दक्षिणपूर्वी एसियाली राष्ट्रका नगरहरूको सूचीमा बाली द्वीपको स्थान अग्रणी रहेको महसुस हुन्छ ।

कुनै मन्दिरका सिँढीमा दायाँ–बायाँ आधा दर्जनभन्दा बढी पनि हनुमान वा सिंहजस्ता पशुका मूर्ति राखिएका र कुनै प्रतिमाको घाँटीको खण्ड कपडाले ढाकिएको देख्न सकिन्छ । बालीका मन्दिर संरचनामा मिहिनरूपमा कारिगरी झल्किन्छ भने कतिपय मन्दिरको छानामा स्थानीय झिगटी को प्रयोग छ । यता कतिपय मन्दिरमा घन्ट, ध्वजापताका, गजुर, छत्र आदिलाई भने देख्न सकिन्न । देवतालाई चढाउने पूजा सामग्रीमा चुरोटसमेत—देवीदेवताको मन्दिर–प्रतिमाको नजिक घरको प्रवेश द्वारमा पूजा भइरहेको देख्न सकिन्छ । पूजा सामग्रीमा प्रायः एक खिल्ली चुरोट पनि चढाएको भेटिन्छ । केराको पातमा चढाइने अन्य पूजा सामग्रीमा धूप, रंगीचंगी पूmल, चक्लेट, अक्षता, तेल, बिस्कुट, भात, तरकारी र दूवोजस्तो देखिने पाण्डानआरुम आदि देखिन्छ । २७ करोड जनसङ्ख्या रहेको इण्डोनेशियामा बहुसङ्ख्यक मुस्लिम समुदायका मानिस छन् । यो विश्वकै मुस्लिम समुदाय सबैभन्दा बढी रहेको राष्ट्र हो । तैपनि यस मुलुकलाई ‘विविधतामा एकता’को सूत्रका रुपमा सबैले आत्मसात गरेको पाइन्छ ।

भारतीय, चिनियाँ तथा विशेष गरी हिन्दू संस्कृतिबाट अनुप्राणित बाली पुग्दा नेपालीहरूले अपनत्व महसुस गर्ने थुप्रै कुराहरू पाउन सक्छन् । समुद्रले नछोएको देश नेपालका नागरिकहरूले बाली टापुमा गएर नयाँ एवं अविस्मरणीय अनुभव सँगाल्न सक्छन् । बाली जंगल, ज्वालामुखी पहाडहरू, समुद्री तट र कोरल चट्टानहरूको लागि पनि प्रसिद्ध छ । दक्षिणमा कुटाको समुद्रीतट शहरमा बारहरू छन् । बालीमा सेमिन्याक, सानुर, नुसा दुआजस्ता लोकप्रिय रिसोर्टहरू छन् । बालीमा धार्मिक ठाउँहरू पनि थुप्रै छन् । चट्टान उलुवाटु मन्दिर यहाँको एक चर्चित मन्दिर हो । त्यस्तै गरी बालीका अन्य आकर्षक पर्यटकीय ठाउँहरू कुटा, सेमिनयाक, गरुड विष्णु, केन्काना स्मारक, तनाह लट टेम्पल, बेसाकी टेम्पल, पेमुतेरान, कुता बिच, जिम्बारान बिच, लोभिना बिच, लिम्पुयाङ्ग मन्दिर, गेट्स अफ हेभन, तेगालाङ्ग राईस टेरेस, उबुद मंकी टेम्पल, सनसेट डिनर क्रुज, कुता नाइट मार्केट, किन्तामणी टुर, उबुद मंकी फरेस्ट आदि छन् ।
अहिले बाली नेपालीहरूको लोकप्रिय भ्रमण गन्तव्य बनेको छ । नेपालीहरू विशेषतः बिदा मनाउन, हनिमुन मनाउन, परिवारसँग भ्रमण गर्न र रमाइलो गर्नका लागि बाली जाने गरेका छन् ।

बैदेशिक यात्रा गर्दा भ्रमणको उद्देश्य, रुची, छनौट, आत्मियता, खर्चमा साझेदारी गर्ने बानी, विचारमा समानता जस्ता कुराहरूको आधारमा सहयात्री छनौट गर्नुपर्छ । भ्रमण मनोरन्जनको लागि, मानसिक शान्तिको लागि, शैक्षिक वा व्यापारिक प्रयोजनको के को लागि हो । सबै काम एउटै भ्रमणमा गर्न खोजियो भने भ्रमण बोझिलो र अनुत्पादक हुन सक्छ ।

पछिल्लो समय नेपाली ट्राभल्स कम्पनीले पछिल्ला वर्षहरुमा इण्डोनेशियाको बाली, सिङ्गापुर, मलेशिया र थाइल्याण्डका लागि ‘टुर प्याकेज’हरु बनाएर लैजाने गरेको पाइएको छ । नेपालको इन्डोनेसियासँग २५ डिसेम्बर १९६० मा राजदूतस्तरमा दौत्य सम्बन्ध कायम रहेको छ । क्रमश…...

 

35 Views

ताजा

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

२०८२ चैत्र २२ गते, आईतवार

होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन २७ र २८ गते पोखरामा हुने

२०८२ चैत्र २२ गते, आईतवार

नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मातहतका निकायलाई विशेष आग्रह

२०८२ चैत्र २२ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal