इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल

२०८२ पुष २७ गते, आईतवार

एजेन्सी । इरानमा सरकार विरोधि प्रदर्शनमा ब्यापक दमन भएको छ। पछिल्लो ११ घन्टामा २ हजार भन्दा बढी मानिसहरु मारिएको र हजारौं घाइते भएको जनाइएको छ।

साथै सयौं मानिसहरु पक्राउ गरिंदा जेलहरु पनि भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन्। यद्धपि इन्टरनेटहरु काटिएका छन् भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुलाइ प्रवेश नदिंदा मृतकहरुको एकिन विवरणहरु कति हो भन्ने बारे फरक(फरक संख्या आइरहेका छन्।

बीबीसीले इरानका अस्पतालका कर्मचारीहरूसँग विवरणहरु माग गर्दा घाइते र मृतकका शबले अस्पतालहरु भरिएको जानकारी पाएको जनाएको छ। तेहरानको एक अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले युवाहरूको टाउको र छातीतर्फै लक्षित गरी सिधा गोली हानिएको जानकारी दिए। उनले सबहरु अस्पतालमा खात लागेको जानकारी दिएका थिए।

 

राजधानीको एक आँखा अस्पतालमा काम गर्ने अर्का चिकित्सकका अनुसार त्यहाँ आपतकालीन अवस्था ९क्राइसिस मोड० घोषणा गर्नुपरेको जनाइएको छ। घाइतेहरुको संख्या उल्लेख्य हुँदा रगत अभाव भएको छ भने प्राथमिक उपचारबाट समेत सयौं घाइतेहरु बन्चित भएको बताइएको छ।

शुक्रबार अमेरिकाले प्रदर्शनकारीको हत्या गरिएमा त्यसको जवाफ सैन्य कारबाहीबाट दिइने चेतावनी दोहोर्यालएको थियो। उता इरानले भने शान्तिपूर्ण प्रदर्शनलाई ‘हिंसात्मक, विध्वंसात्मक गतिविधि र व्यापक तोडफोड’ को आरोप अमेरिकामाथि लगाएको छ।

हालैका दिनहरूमा इरानमा प्रदर्शनमा सहभागी भएका केही व्यक्तिहरूलाइ उदृत गर्दै सीएनएनले तेहरानका सडकमा अपार भिड र अत्यन्तै निर्मम हिंसाका कारण सयौं मानिसहरु केही घन्टामै मारिएको दावि गरेको छ। एक महिलाको भनाइ उदृत गर्दै सिएनएनले भन्यो ‘एकअर्कामाथि थुप्रिएका शवहरु’ देखिन्छन्।

शुक्रबार इरानको राजधानीका सडकमा सबै उमेर समूहका मानिसहरू प्रदर्शनमा उत्रिएका छन्। तर शुक्रबार राति सैन्य राइफल बोकेका सुरक्षाकर्मीले धेरै मानिस मारिदिएको दाबी गरिएको छ। डिसेम्बर २८ मा तेहरानका बजारहरूमा तीव्र महँगीविरुद्ध सुरु भएका प्रदर्शनहरू अहिले १०० भन्दा बढी सहरहरुमा फैलिएका छन्। यसलाई पछिल्ला वर्षहरूमा इरानी शासनका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार अमेरिकाले इरानका जनताको समर्थन गर्ने बताएका छन्। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा बलले प्रदर्शनकारीको हत्या गरे इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।

प्रदर्शनकारीहरूले यो स्तरमा सडकमा उत्रिएका मानिसहरूको संख्या आफूहरूले जीवनमा कहिल्यै नदेखेको दाबि गरेका छन्। साथै हजारौं मानिसहरुलाइ पक्राउ गरेर जेल हाल्दा जेल समेत भरिन थालेको टाइम्स अफ इजरायलले बताएको छ।

19 Views

ताजा

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन

२०८२ फाल्गुन १७ गते, आईतवार

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

२०८२ फाल्गुन १७ गते, आईतवार

काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै

२०८२ फाल्गुन १७ गते, आईतवार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८२ फाल्गुन १७ गते, आईतवार

भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा

२०८२ फाल्गुन १६ गते, शनिबार

बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न

२०८२ फाल्गुन ११ गते, सोमबार

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

२०८२ फाल्गुन ११ गते, सोमबार

सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने

२०८२ फाल्गुन ११ गते, सोमबार

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

२०८२ फाल्गुन ११ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal