संस्थाको कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

२०८२ पुष २२ गते, मंगलवार

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० को कोषाध्यक्षमा उमा खड्का पाठकले उम्मेदवारी दिएकी छिन् । उनी इक्यानको अहिलेको कार्यसमिति सदस्य हुन् ।

इक्यानको निर्वाचन पौष २८ गते सोमबार काठमाडौंमा हुँदैछ । साधारणसभासँगै हुने निर्वाचनले अध्यक्ष, उपाध्यक्ष तीनजना, महासचिव, सचिव दुइजना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र ९ जना सदस्य रहेको १८ जनाको कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ । उमाले युएस्ए डिपार्टमेन्टको को–अर्डिनेटर भएर सक्रिय भूमिका निर्वाह गरेकी छिन् । उनको यो भूमिकाको कार्यसमितिभित्र पनि प्रसंशा गरिएको छ । उनले पहिलोपटक नेपालमा युएसएको युसेफ ट्रेनिङ पनि ल्याएकी थिइन् ।

उनले यो तालिम आफैंमा महत्वपूर्ण भएको र शैक्षिक परामर्श व्यवसायीहरुको हितमा भएको दाबी गरेकी छिन् । उनले युएसको तालिमको संयोजन पनि गरेकी छिन् । सदस्य हुँदा नै धेरै काम गरेर देखाएकी उनले कोषाध्यक्षको भूमिका निर्वाह गर्न पाउँदा एकातिर संस्थाको हितमा काम गर्ने र अर्कातिर संस्थाको कोषलाई बलियो बनाउने बताएकी छिन् । १९ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय रहेकी उनी सेनेका एजुकेशन कन्सल्टेन्सी प्रालिकी संचालिका हुन् ।

उनले इक्यानले गरेका हरेक कार्यक्रममा आफ्नो पहलमा नै आर्थिक व्यवस्थापनामा प्रमुख भूमिका खेलेकी छिन् । इक्यानका पदाधिकारी र सदस्यहरु नै उनको त्यो सक्रियताको कदर गर्दछन् । ब्रिटिस काउन्सिलको र आइसीइएफको सर्टिफाइड काउन्सिलर उनी शैक्षिक परामर्श क्षेत्रलाई राम्रो बनाउन लागिपरेकी छिन् । उनी इक्यानको कर्पोरेट सोसियल रेस्पोन्सीबिलिटी ९सीएस्आर० की पनि प्रमुख हुन् । उनकै सक्रियतामा जाजकरकोटमा पुस्तकालय निर्माण भएको छ ।

जाजरकोटमा गतवर्ष भूकम्प जाँदा पनि उनले त्यहाँ केही राहतका काम गरेकी थिइन् । उनले जिल्ला शाखामा आफ्नै पहलमा तालिम पनि संचालन गरेकी छिन् । उनले भनिन्, ‘म कोषाध्यक्ष भएपछि कोषलाई बृद्धि गर्ने योजना बनाएको छु, सदस्य हुँदा नै यति धेरै काम गरेको भनेर सबैले कोषाध्यक्षको उम्मेदवारीलाई सकारात्मक रुपमा लिनुभएको छ, सबैको सहयोगले इक्यानलाई राम्रो बनाउने र अन्तर्राष्ट्रिय जगतसम्म विश्वासिलो बनाउने मेरो प्लान हो ।’

उनले बाहिर रहेर बसेका शैक्षिक परामर्श व्यवसायीलाई इक्यानमा आबद्ध गराउने बताएकी छिन् । यो कार्यकालका लागि भएको निर्वाचनमा उनले ९ जना सदस्यमध्ये तेस्रो मत ल्याएर जितेकी थिइन् । उनले भनिन्, ‘जुनसकै संस्था चलायमान हुन पनि आर्थिक रुपमा बलियो हुनुपर्ने भएकाले त्यो जिम्मेवारी निर्वाह गर्न सक्छु भनेर म अघि बढेकी हुँ ।’

94 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal