मधु गुरुङको उपन्यास “जीवनको गीत” परिचर्चा
जनगायिका मधु गुरुङको उपन्यास “जीवनको गीत “परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
यही पुस ६ गते आइतबार काठमाडौ अनामनगर स्थित तमु बौद्ध सेवा समितिको सभाहलमा साहित्यिक,सांस्कृतिक, बौद्धिक विशिष्ट स्रष्टा,सर्जकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा लेखक, समिक्षक डेलमान गुरुङ तथा समालोचक डा.अम्बिका अर्यालले कृति माथी चर्चा गर्दै उपन्यास एउटा किशोरीको संघर्षपुर्ण कथा मात्र नभएर लैङ्गिक विभेद ,वर्गीय शोषण ,आर्थिक अभावका बिचमा युवतीको केही गर्ने ,बन्ने हुटहुटी एवं उत्कट चाहना भएको मार्मिक चित्रण उपन्यासमा रहेको बताउदै संघर्ष पछिको सफलता तथा पारिवारिक रुपमा मुख्य अभिभावक बुबाको जुवातास र रक्सीजाडको लतले समग्र परिवारमा पारेको सामाजिक,आर्थिक पिडालाई दर्दनाक रुपमा उपन्यासको कथावस्तु रहेको साथै आजभन्दा तीस चालिस बर्ष अघिको तराईको ग्रामीण जनजीवनको अवस्था र चालिस काटेका पाठकहरुको निम्ति आफ्नै कथा भएको अनुभूति गराउने उपन्यास उत्कृष्ट कथानक भएको मौलिक,स्थानीय बोलचालका सरल शब्द, भाषाहरुको प्रयोग भएको उपन्यास जोकोही पाठकले सजिलोसँग पढ्न, बुझ्न सक्ने रहेको छ।
केहि भाषिक शुद्धता र लेखन शिल्पकलामा आगामी प्रकाशनमा लेखकले ध्यान पुर्याउनु पर्ने समेत समिक्षक मुख्य वक्ता, चर्चाकार डा .अम्बिका अर्यालले सुझाव समेत उपन्यासकारलाई दिइएको थियो।जनाधिकार ,न्याय,समानताका गीतहरू सिर्जना संगै मेची महाकालीका गाउँ वस्तीहरुमा सांगीतिक यात्रा मार्फत अभियान तथा लक्ष्यित वर्ग समुदायमा आफ्ना हक अधिकारका लागि जागरुक गराउने उपन्यासकार गुरुङका कर्णालीमा हाम्रो सांस्कृतिक पाइला (यात्रा संस्मरण )बाटो रोजेँ( गीति संङ्ग्रह)यस अघिनै प्रकाशित कृति हुन भने “जीवनको गीत” उपन्यास पहिलो कृति हो । आफनै स्वर संगीत,रचनामा दर्जनौं गीतहरू रेकर्ड र सयौंको सङ्ख्यामा संयुक्त एल्बम एवं गायन गरिसकेकी गुरुङको वास्तविक नाम रत्नदेवी भएपनि मधु गुरुङको नामले परिचित छिन।
तमु बौद्ध समिति र तमु संचारकर्मी संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकार, सर्जक ,लेखक विभिन्न साहित्यिक संघ,संस्थाका प्रमुख प्रतिनिधिहरु डा. गणेश गुरुङ,रीता गुरुङ,खगेन्द्र,मदन नेपाल , राई,राजेश थापा,राजेन्द्र केसी,पेम्बा लामा,हिरा थापामगर ,नमूना शर्मा ,चर्चिल पौडेल ,सुसन बोम्जन,उमा सिजापती,सुर्य कुमार बराल ,टेक तामाङ,नवीन दाहाल,लगायत स्रष्टा,सर्जक,गुरुङ समुदायका विशिस्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको परिचर्चा कार्यक्रमको अध्यक्षता तमु बौद्ध समितिका अध्यक्ष क्याप्टेन नारायण बहादुर गुरुङले गरेका थिए भने लेखकको ब्याक्तित्व परिचय,शुभकामना मन्तव्य प्रकाशक संस्था बेलबारी साहित्य विकास समिति अध्यक्ष रमेश निरौलाको रहेको थियो।कार्यक्रम संयोजन तथा संचालन सर्जक,संचारकर्मी मनिराज गुरुङको रहेको थियो।
ताजा
मधु गुरुङको उपन्यास “जीवनको गीत” परिचर्चा
२०८२ पुष ८ गते, मंगलवार
मधु गुरुङको उपन्यास “जीवनको गीत” परिचर्चा
२०८२ पुष ८ गते, मंगलवार
सपना आचार्यको दोस्रो कृति “ उनले छोडेको उज्यालो “ सार्वजनिक
२०८२ पुष ७ गते, सोमबार
रवि लामिछानेलाई धरौटी बुझाउन आदेश
२०८२ पुष ३ गते, बिहीबार
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
२०८२ पुष ३ गते, बिहीबार
एमालेको चुनावी परिणामः यस्तो बन्यो पदाधिकारी टिम
२०८२ पुष ३ गते, बिहीबार
एमाले महाधिवेशनः महासचिवमा शंकर पोखरेल निर्वाचित
२०८२ पुष ३ गते, बिहीबार
अध्यक्षमा ओलीको ह्याट्रिक
२०८२ पुष ३ गते, बिहीबार
अध्यक्षमा केपी ओलीको अग्रता कायमै
२०८२ पुष ३ गते, बिहीबार
पूर्वराजा शाह भारत प्रस्थान
२०८२ पुष ३ गते, बिहीबार
निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
२०८२ पुष ३ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





