समाजको ठूलो हिस्सा राज्यसत्ताबाटै संरक्षित र उत्पीडनको शिकार बन्दैः प्रचण्ड

२०८२ मंसिर २४ गते, बुधबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दहाल प्रचण्डले राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायतका समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो र मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव नहुँने बताएका छन्।

बुधबार ७७ औँ विश्व मानवाधिकार दिवसको अवसरमा शुभकामना दिँदै उनले नागरिकले समानतापूर्वक बाँच्न पाउनुका साथै सबै खाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएका हुन् ।

शुभकामना सन्देशमा लेखेका छन्, ‘नागरिकले समानतापूर्वक बाँच्न पाउने वातावरण, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक तथा सांस्कृतिक सहित सबै खाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायतका समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो रहन्छ र मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव हुँदैन।’ उनले समाजको ठूलो हिस्सा राज्यसत्ताबाटै संरक्षित विभेद र उत्पीडनको शिकार बन्दै आएको बताए ।

‘मानवाधिकारको साँचो अर्थ आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने हरेक व्यक्तिको जन्मसिद्ध अधिकारको प्रत्याभूति हो। तर बिडम्बना, हाम्रो समाजको ठूलो हिस्सा ९दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, थारू, पिछडिएका क्षेत्र तथा सम्पूर्ण उत्पीडित–उपेक्षित समुदाय० लामो समयदेखि राज्यसत्ताबाटै संरक्षित विभेद र उत्पीडनको शिकार बन्दै आएका छन्,’ उनले भने ।

उनले अधिकारमुखि आन्दोलनहरूको बलमा प्राप्त भएको संविधानमा सुरक्षित गरेको अधिकार कागजमा मात्र सिमित भएको बताए ।

उनले भने, ‘ऐतिहासिक विभेद र उत्पीडनविरुद्धको महान् जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न अधिकारमुखि आन्दोलनहरूको बलमा प्राप्त भएको हाम्रो संविधानले यी अधिकारहरूलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। तर अधिकार कागजमा मात्र सीमित हुनुहुँदैन ।ती अधिकारहरूको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती र दायित्व हो।’

106 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal