विशेष महाधिवेशन ढोंगी कुरामात्रै होः रञ्जित कर्ण

२०८२ मंसिर १० गते, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्णले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुन नसके लोकतन्त्रमाथि ठूलो प्रहार हुने टिप्पणी गरेका छन् । उनले भने,‘यो संविधान गुम्यो भने लोकतन्त्र गुम्छ, यो संविधान गुम्यो भने मुलुकको राष्ट्रियता गुम्ने सम्भावना हुन्छ । यो संविधान गुम्यो नेपालको आर्थिक र सुशासन अवरुद्ध हुन्छ । नेपाली कांग्रेस २१ फागुनको निर्वाचनको लागि प्रतिबद्ध छ । अस्तिको पार्टीको केन्द्रीय समितिको निर्णयबाट पनि नेपाली कांग्रेस प्रतिनिधिसभाको निर्वाचनतर्फ लागिसकेको छ । कांग्रेस अब दायाँबायाँ लाग्दैन भन्ने सन्देश दिइसकेको छ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले कांग्रेस निर्वाचनको लागि अब एक ढिक्का भएर अघि बढ्ने बताए । उनले अब कांग्रेसको नीति र नेतृत्वको कुरा नियमित महाधिवेशनबाट मात्रै सम्पन्न हुने बताए । उनले भने,‘नियमित महाधिवेशनबाहेक अरू कुनै विकल्प छैन । यो सम्भव छ । नियमित महाधिवशेन भएपछि पार्टीको नेतृत्व पनि चेञ्ज हुन्छ । चरित्र पनि चेञ्ज हुन्छ ।’ अहिलेका पदाधिकारी साथीहरुले आफू कसरी बन्ने भनेर सोचेको कारण जेनजी आन्दोलनपछि पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे बहस हुन नसकेको उनको आरोप छ ।

उनले भने,‘अहिलेपनि समय छभने नियमित महाधिवेश गरोस । विशेष महाधिवेशन भयो भने एउटा युवा पुस्तालाई निषेध हुन्छ । पूरानै महाधिवेशन प्रतिनिधिबाट महाधिवेशन हुने भएकाले वडा तहदेखि केन्द्र तहसम्म कुनै खास परिवर्तनको आभाष हुँदैन । विशेष महाधिवेशन ढोंगी कुरामात्रै हो ।’ उनले महामन्त्रीहरुलाई जिम्मेवार बन्न सुझाव दिए । उनले भने,‘तपाईंहरु अब नेविसंघको महामन्त्री होईन नि, तपाईंहरु नेपाली कांग्रेसको महामन्त्री हो । यो थर्काउने, घुर्काउने र धम्काउने कुरा छोडेर नेपाली कांग्रेसलाई मूलधारमा कसरी लिएर जाने भन्ने कुरा उहाँहरुको जिम्मेवारी पनि हो । उहाँहरु बाहिर मिडियामा बोल्नुहुन्छ, म चुनाव उठ्दिनँ भन्नुहुन्छ, यस्तो वाहियात कुरा नगर्दा हुन्छ ।’

164 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal