विशेष महाधिवेशन ढोंगी कुरामात्रै होः रञ्जित कर्ण
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्णले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुन नसके लोकतन्त्रमाथि ठूलो प्रहार हुने टिप्पणी गरेका छन् । उनले भने,‘यो संविधान गुम्यो भने लोकतन्त्र गुम्छ, यो संविधान गुम्यो भने मुलुकको राष्ट्रियता गुम्ने सम्भावना हुन्छ । यो संविधान गुम्यो नेपालको आर्थिक र सुशासन अवरुद्ध हुन्छ । नेपाली कांग्रेस २१ फागुनको निर्वाचनको लागि प्रतिबद्ध छ । अस्तिको पार्टीको केन्द्रीय समितिको निर्णयबाट पनि नेपाली कांग्रेस प्रतिनिधिसभाको निर्वाचनतर्फ लागिसकेको छ । कांग्रेस अब दायाँबायाँ लाग्दैन भन्ने सन्देश दिइसकेको छ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले कांग्रेस निर्वाचनको लागि अब एक ढिक्का भएर अघि बढ्ने बताए । उनले अब कांग्रेसको नीति र नेतृत्वको कुरा नियमित महाधिवेशनबाट मात्रै सम्पन्न हुने बताए । उनले भने,‘नियमित महाधिवेशनबाहेक अरू कुनै विकल्प छैन । यो सम्भव छ । नियमित महाधिवशेन भएपछि पार्टीको नेतृत्व पनि चेञ्ज हुन्छ । चरित्र पनि चेञ्ज हुन्छ ।’ अहिलेका पदाधिकारी साथीहरुले आफू कसरी बन्ने भनेर सोचेको कारण जेनजी आन्दोलनपछि पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे बहस हुन नसकेको उनको आरोप छ ।
उनले भने,‘अहिलेपनि समय छभने नियमित महाधिवेश गरोस । विशेष महाधिवेशन भयो भने एउटा युवा पुस्तालाई निषेध हुन्छ । पूरानै महाधिवेशन प्रतिनिधिबाट महाधिवेशन हुने भएकाले वडा तहदेखि केन्द्र तहसम्म कुनै खास परिवर्तनको आभाष हुँदैन । विशेष महाधिवेशन ढोंगी कुरामात्रै हो ।’ उनले महामन्त्रीहरुलाई जिम्मेवार बन्न सुझाव दिए । उनले भने,‘तपाईंहरु अब नेविसंघको महामन्त्री होईन नि, तपाईंहरु नेपाली कांग्रेसको महामन्त्री हो । यो थर्काउने, घुर्काउने र धम्काउने कुरा छोडेर नेपाली कांग्रेसलाई मूलधारमा कसरी लिएर जाने भन्ने कुरा उहाँहरुको जिम्मेवारी पनि हो । उहाँहरु बाहिर मिडियामा बोल्नुहुन्छ, म चुनाव उठ्दिनँ भन्नुहुन्छ, यस्तो वाहियात कुरा नगर्दा हुन्छ ।’
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





