‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
काठमाडौँ । चितवनको लङ्खुका स्थानीयवासी नवीन सापकोटाले रोजगारीदेखि अन्य कामका लागि अष्ट्रेलिया गएका नेपाली नागरिकहरुलाई आवश्यक पर्ने सरकारीदेखि अन्य व्यक्तिगत काम समाधानका लागि एक सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने गर्नु भएको छ ।
करिब दुई वर्षदेखि अष्ट्रेलिया, मेलबनमा आइटी सम्बन्धि काम गर्दै आउनु भएका सापकोटा लगायतले ‘भेट्छ एप’ निर्माण गरी नेपालबाट त्यहाँ गएका नागरिकहरुलाई आवश्यक पर्ने बसाई, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अत्यावश्यक विषयमा उक्त सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ विदेशमा गएका नेपाली युवा युवतीहरुलाई कुलतबाट छुटाउनेदेखि सामाजिक क्षेत्रमा कामगर्ने र विदेशमा गएका नेपाली युवाहरुलाई सहयोग गर्नकालागि उक्त उक्त एपले महत्वपूर्ण काम गर्ने गरेको । उक्त एपमा कहाँ के छ बुझन अनि फेसबुक जस्तै समस्याहरु समाधानका लागि पोष्ट गर्न मिल्ने छ ।”
अष्ट्रेलिया सरकारद्धारा मान्यता प्राप्त एप भएकाले यसबाट कसैले पनि दुस्ख नपाउने सापकोटाले दाबी गर्नुभयो । उहाँका अनुसार हाल उक्त एपमा चार हजार प्रयोग कर्ता रहेका छन् । मेलबनमा १९ मार्च २०२५ मा पूर्वउपसभामुख एवं नेपालका लागि अष्ट्रेलियाका राजदुत चित्रलेखा यादव तथा शेष घलेले उक्त एपको उद्घाटन गर्नु भएको थियो ।
उक्त एपमार्फत कोठा खोज्ने, यात्रा गर्ने, सवारी चालक लाइसेन्स लिने लगायत थुप्रै कामबारे जानकारी लिन र दिन सकिने भएकाले अष्ट्रेलिया गएर अप्ठेरोमा परेका नेपाली नागरिकले उक्त एपमार्फत आफुलाई आवश्यक पर्ने सम्पूर्ण चिजको बारेमा हातैमा जानकारी लिन सकिने सापकोटाले बतानुभयो ।
उहाँले भन्नुभयो, “दैनिक जीवनमा आवश्यक सबै सूचना एकै ठाउँमा भेट्न सकिने गरी एउटा एप बनाउने निर्णय अनुसार अष्ट्रेलियामै पढेर नेपालमा आइटी क्षेत्रमा काम गरिरहेका निराजन कँडेल र अमेरिकामा रहेका आशिष पङ्गेनीसँग कुरा गरेर हामीले यो एप बनाएका हौँ । तीन महिनाअघि ‘भेट्छ एप’ निर्माण गरी प्रयोगमा ल्यायौँ, अहिले सबैलाई सहज भएको छ ।”
आफुहरु अष्ट्रेलियामा गएको समयमा त्यहाँको बारेमा जानकारी नपाउँदा समस्यामा परेपछि उनीहरुले उक्त एप खोलेको बताइएको छ । नवीनले यसको मार्केटिङसँगै अस्ट्रेलियामा हुने कामको सबै पक्ष हेर्ने गर्नु भएको छ । अमेरिकामा रहनु भएका आशिष कम्प्युटर इञ्जिनियर र नेपालमा रहनु भएका निराजन आइटी इञ्जिनियर गरी तीनै जनाले जिम्मेवारी बाँडफाँट गर्नु भएको छ ।
हाल भेट्छ एप अमेरिकामा र अस्ट्रेलियामा सुरू भएको छ । चाँडै क्यानडा, बेलायत र न्युजिल्यान्ड पुर्याउने गरी काम भइरहेको सञ्चालकहरुको भनाई छ । आगामी दुई वर्षभित्र नेपालीहरूको सङ्ख्या धेरै रहेका अधिकाङ्श देशमा विस्तार गर्ने उहाँहरूको लक्ष्य रहेको छ ।
यो एपलाई हरेक नेपालीले आफूलाई आवश्यक र आफ्नो जिज्ञासाको सूचनाको स्रोत बनाऊन् भन्ने आफ्नोे लक्ष्य रहेको नवीनले बताउनुभयो । उहाँका अनुसार ‘भेट्छ एप’ मा नेपालीलाई चाहिने सबै महत्त्वपूर्ण सूचनाहरू राखिएको र अस्ट्रेलियामा हुने सबै खालका गतिविधिको जानकारी पनि राखिन्छ ।
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





