नेककी प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए

२०८१ मंसिर २१ गते, शुक्रबार

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए) अनुदान प्राप्त गर्नुभएको छ । प्राध्यापक त्रिपाठीले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा अनुसन्धान गर्न बेलायतको ब्राइटन विश्वविद्यालयबाट ओडीए अनुदान प्राप्त गर्नुभएको हो ।

गुल्पर टेक्नोलोजी एउटा म्यानुअल सेप्टिक ट्याङ्की खाली गर्ने यन्त्र हो जुन नेपालमा पहिलो पटक सर्लाहीको गुलरिया नगरपालिकामा प्राध्यापक त्रिपाठीको नेतृत्वमा २०२४ मा ‘ब्राउन गोल्ड प्रोजेक्ट तर्फ’ अन्तर्गत परीक्षण गरिएको थियो । सरसफाई कर्मचारीहरूको स्वास्थ्य र सुरक्षामा सुधार गर्ने र खाली गरिएको फोहोरलाई प्रशोधन केन्द्रहरूमा पठाउने कार्य उक्त प्रोजेक्टको उद्देश्य छ ।

‘२०२०–०२१ मा हामीले गुलरियामा गरेको अध्ययनमा प्रशोधन प्लान्टको लागि ८ प्रतिशत मात्र फोहोर पठाइएको फेला पार्यौं, जबकि ९२ प्रतिशत फोहर त्यहाँका जनताहरुले खाली स्थानमा राख्ने अथवा निजी क्षेत्रका फोहर व्यवस्थापनलाई दिने गरेका थिए । यतिमात्र हैन प्रायः फोहोर नजिकै गाड्ने समेत पाएका थियौं ।’ प्राध्यापक त्रिपाठीले भन्नुभयो । उहाँका अनुसार फोहर व्यवस्थापनमा त्यस्ता अभ्यासहरूले वातावरणीय प्रदूषण र जमिनमुनीको पानीलाई प्रदूषण गराउने खोजहरूले प्रमाणित गरिसकेको छ ।

नेपालमा, लगभग ८५ प्रतिशत जनसंख्याले अनसाइट सरसफाइ प्रणालीको अध्यास गर्ने र गुल्पर प्रविधिले सरसफाई क्षेत्रमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ । यस परियोजनाले समाजमा स्वच्छ वातावरण सिर्जना गर्ने, स्रोतको पुर्नप्रयोग बढाउने र सरसफाई कर्मचारीहरूको स्वास्थ्यको सुरक्षा गर्ने अपेक्षा गरिएको छ ।

परियोजना टोलीमा प्राध्यापक जेम्स एब्डन, ब्राइटन विश्वविद्यालय बेलायतका सह–प्राध्यापक डियोगो डा सिल्भा साथै नेपाल इन्जिनियरिङ कलेजका प्रा।डा। अरुण सत्याल र सहायक प्राध्यापक प्रकाश बस्याल संलग्न हुनुहुन्छ । आयोजना सन् २०२४ को डिसेम्बरदेखि २०२५ जुनसम्म सञ्चालन हुने बताइएको छ ।

95 Views

ताजा

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

२०८२ चैत्र २२ गते, आईतवार

होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन २७ र २८ गते पोखरामा हुने

२०८२ चैत्र २२ गते, आईतवार

नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मातहतका निकायलाई विशेष आग्रह

२०८२ चैत्र २२ गते, आईतवार

काठमाडौंबाट गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ

२०८२ चैत्र २१ गते, शनिबार

काठमाडौंमा बिहान ११ बजेदेखि ३ बजेसम्म यी स्थानमा बिजुली कटौती हुने

२०८२ चैत्र २१ गते, शनिबार

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

२०८२ चैत्र २१ गते, शनिबार

‘तारा पिली पिली’ गीत सार्वजनिक (भिडियोसहित)

२०८२ चैत्र २० गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal