ठाकुरबाबा–४ मा कांग्रेसका अमिन थारु विजयी
२०८१ मंसिर १७ गते, सोमबार
बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार अमिन थारु १ हजार ४३ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सेर बहादुर थारुले ६ सय ७८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका विष्णु प्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त गरेका छन् । ०७९ को निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका सुर्य बहादुर विष्ट १ हजार २ सय ९ मतसहित विजयी भएका थिए ।
10 Views