नेपाल सुपर लिगका टिमले पाए मार्की खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रियिमर लिग (एनपिएल)का टिमलाई मार्की खेलाडी विरतरण गरेको छ। शनिबार दिउँसो होटल म्यारिओटमा आयोजितक कार्यक्रममा क्यानले लिगका ८ टिमलाई मार्की खेलाडी वितरण गरेको हो।
क्यानले यसअघि नै मार्कीका रुपमा रहने ८ खेलाडीको घोषणा गरिसकेको थियो। जसमा राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, आसिफ सेख र कुशल मल्ल छन्।
गोलाप्रथा मार्फत् क्यानले टिमलाई मार्की खेलाडी दिएको हो। गोलाप्रथामार्फत स्टार क्रिकेटर सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बन्दा राष्ट्रिय टिमका कप्तान रोहित आफ्नै क्षेत्र लुम्बिनीको मार्की खेलाडी बनेका छन्।
यस्तै, अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि आफ्नै क्षेत्रको टिम पाएका छन्। गोलाप्रथा मार्फत उनी सुदूरपश्चिमको मार्की खेलाडी चयन भए। फास्ट बलर सोमपाल कामी कर्णालीको मार्की खेलाडी चयन हुँदा अर्का फास्टबलर करण केसी काठमाडौंको मार्की खेलाडी बनेका छन्।
पोखराले ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीका रुपमा पाउँदा चितवनको मार्की खेलाडी अलराउन्डर कुशल मल्ल बनेका छन्। अर्का ओपनर आसिफ सेखले भने घरेलु टोली जनकपुरको मार्की खेलाडी बन्ने अवसर पाए।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले मार्की खेलाडीले जनही २० लाख रुपैयाँ प्राप्त गर्ने बताए। उनले चाँडै नै टिमको नाम घोषणा गरिने पनि बताए। क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज टि–२० लिग नेभेम्बर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ।
ताजा

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबार
‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’
२०८२ असार २६ गते, बिहीबार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२०८२ असार २६ गते, बिहीबार
Miss and Mrs Talent Nepal 2025 काे फाराम खुल्यो
२०८२ असार २६ गते, बिहीबार
‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने
२०८२ असार २५ गते, बुधबार
उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४ गते, मंगलवार
रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो
२०८२ असार २४ गते, मंगलवारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार