नेपाल सुपर लिगका टिमले पाए मार्की खेलाडी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रियिमर लिग (एनपिएल)का टिमलाई मार्की खेलाडी विरतरण गरेको छ। शनिबार दिउँसो होटल म्यारिओटमा आयोजितक कार्यक्रममा क्यानले लिगका ८ टिमलाई मार्की खेलाडी वितरण गरेको हो।
क्यानले यसअघि नै मार्कीका रुपमा रहने ८ खेलाडीको घोषणा गरिसकेको थियो। जसमा राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, आसिफ सेख र कुशल मल्ल छन्।
गोलाप्रथा मार्फत् क्यानले टिमलाई मार्की खेलाडी दिएको हो। गोलाप्रथामार्फत स्टार क्रिकेटर सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बन्दा राष्ट्रिय टिमका कप्तान रोहित आफ्नै क्षेत्र लुम्बिनीको मार्की खेलाडी बनेका छन्।
यस्तै, अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि आफ्नै क्षेत्रको टिम पाएका छन्। गोलाप्रथा मार्फत उनी सुदूरपश्चिमको मार्की खेलाडी चयन भए। फास्ट बलर सोमपाल कामी कर्णालीको मार्की खेलाडी चयन हुँदा अर्का फास्टबलर करण केसी काठमाडौंको मार्की खेलाडी बनेका छन्।
पोखराले ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीका रुपमा पाउँदा चितवनको मार्की खेलाडी अलराउन्डर कुशल मल्ल बनेका छन्। अर्का ओपनर आसिफ सेखले भने घरेलु टोली जनकपुरको मार्की खेलाडी बन्ने अवसर पाए।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले मार्की खेलाडीले जनही २० लाख रुपैयाँ प्राप्त गर्ने बताए। उनले चाँडै नै टिमको नाम घोषणा गरिने पनि बताए। क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज टि–२० लिग नेभेम्बर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





